बिष्णुप्रसाद पोखरेल/२७ पुष /दमक÷सोमबार करिब ११ बजे बिद्यूत प्राधिकरण बितरण केन्द्र दमकमा पुगेका एक सेवाग्राहीले मेरो मोवाइलमा फोन गरे । उनले भने–‘बिष्णु जी बिद्यूत प्राधिकरणको गेट नजिकै रहेको एउटा कोठामा त्यहाँका कर्मचारीहरु तास खेलिरहेकाछन् ।’ एउटा पत्रकार सम्मेलनमा थिए । करिब १ घण्टापछि म उक्त पत्रकार सम्मेलनबाट निस्किए । मैले संगै रहेका कोहि पत्रकारहरुलाई पनि भनिन । थाहा खबरका सम्बादाता भाइ चिरञ्जिबि घिमिरेलाई भने–‘मोटरसाइकल पछाडि चढ् एकछिन बिद्यूत प्राधिकरण जाउ ।’ भाइ पनि चढे । बाटोमा उनलाइ भने ‘त्यहाँ कर्मचारी तास खेल्दैछन् रे फोटो खिच्नु पर्छ ।’
करिब हामीले तास खेल्दै गरेको खबर पाएको डेढ घण्टा बितिसकेको थियो । सुरक्षागार्डदेखि केहि पर मोटरसाइकल राखेर तास खेल्दै गरेको भवन तिर आयौ । सुरक्षागार्डले हतपत सोधिहाले–‘होइन कता जान लागेको ?’ मैले पनि जवाफदिए–‘यहाँ भित्र साथीहरुले बोलाएर आएको यार ।’ हतारमा मोवाइल बोक्न बिर्सेछु । चिरञ्जिबि भाइले फोटो खिच्न त खोजे तर अहिले डराए । उनि .पहिलोपटक यस्तो रिर्पोटिङमा गएका थिए ।

मैले लगातर एकदर्जन जति फोटो खिचे । त्यसपछि भिडियो लिन शुरु गरे । बल्ल एकजनाले देखेर इशारा गर्यो तास नबाँडन तर बाँड्नेले इशारा बुझेनन् र केहिबेर खेलिरहे । जब उठेर एकजना कर्मचारी बाहिरन खोजे अनि मात्र सबैले थाहा पाए । त्यहाँ नचिनेर आक्रमण हुन्छ की भन्ने भय पनि थियो । प्राधिकरणको प्राविधिक फाँट भएकाले त्यहाँ फलामका टुक्राटुक्री देखि लिएर हामीले झटारो हाल्न मिल्ने थुप्रै चिज त्यहि थिए । हतपत मैले आफ्नो परिचय दिए ।
त्यसपछि सिधै हामी कार्यालय प्रमुख सुरेन्द्रकुमार शाह तिर गयौ र जवाफ माग्यौ । सेवाग्राहीले आएर प्राविधिक पठाइदिन आग्रह गर्दा सबै ब्यस्त भएको केहि समय अघि बताएको तर कर्मचारी तास खेलिरहेको बिषयमा जवाफ माग्दा उनि अल्मलिए । केहि बिशिष्ठ ब्याक्तिहरुसंगै कार्यकक्षमा छलफल गरिरहेका उनले जवाफदिए–‘उनिहरुलाई कार्वाही गर्छु, यस्तो नगर्नुपथ्र्यो ।’ बिद्यूत प्राधिकरण दमक बितरण केन्द्रको कार्यालयमा तास खेलेको फोटो र भिडियो खिचेको बिषय प्रकाशन, प्रशारण हुनु अगावै भाइरल बन्यो । धेरैबाट फोन आउन थाल्यो । भिडियो जब बिभिन्न टिभि र अनलाइनहरुमा आयो त्यसपछि पनि यसले राम्रो स्थान पायो ।
भिडियो :-
https://youtu.be/RaDOu2OteQU



