बलात्कारका कारण विश्वभर बदनाम बनिरहेको भारतले एउटा बलात्कारसम्बन्धी कडा कानुन संसदबाट पारित गरेको छ। अपराधिक कानुन संशोधन विधेयक २०१८ सोमबार तल्लो सदन लोकसभाबाट पारित भएको हो।

यो विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ। १६ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई कम्तिमा २० वर्षदेखि बढीमा आजीवन जेल सजाय हुने प्रवाधान राखिएको छ। लोकसभाबाट विधेयक पारित हुँदा सबै दलले समर्थन जनाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कानुन बन्नका लागि यो विधेयक अब माथिल्लो सदन राज्यसभामा पेश हुनेछ। त्यहाँबाट पारित भएपछि यसले कानुनको रुप लिनेछ। यो कानुन कार्यान्वयनमा आएपछि १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कारका दोषीले मृत्युदण्ड पाउनेछन्।