जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ। सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो दिनको याद आएको जनाएको छ ।

राष्ट्रपति इमरन मनंगाग्वाले हिंसा फैलिनुमा विपक्षीलाई जिम्मेवार रहेको बताएका छन्। उनले चुनावी प्रक्रियामा खलल र्पुयाउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाए। निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले आफूले जितेको दाबी गरेको छ। सत्ताधारी दलका नेता तथा वर्तमान राष्ट्रपति इमरसन मनंगाग्वाले जितेको दाबी गरिएको हो।

तर विपक्षी गठबन्धन एमडीसीले आफ्ना उम्मेदवार नेल्सन चामिसाले राष्ट्रपतिमा जितेको दाबी गरेको छ। निर्वाचन आयोगले भने निर्वाचनको परिणाम अझै घोषणा गरेको छैन। यसैबीच युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेको छ। टिभी अन्नपूर्ण बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah