नयाँ दिल्ली (भारत), २८ पुस । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ ।

छलपलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनको उपचारका क्रममा मृत्युभएको अल आफ्नो नाम गोप्य राख्ने शर्तमा सिन्ह्वालाई बताए ।

घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय