खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै इण्डोनेशियाले झण्डै ४० हजार सुरक्षाकर्मी परिचालन गरेको जानकरी दिएको छ । एशियाड प्रतियोगितालाई मध्यनजर गर्दै इण्डोनेशियाले यती धेरै सुरक्षाकर्मी परिचालन गरेको जानकरी दिएको हो । इण्डोनेशियाको राजधानी जाकार्ता र पालेम्बैंगमा सुरक्षाकर्मी परिचलान भएका इण्डोनेशियाली सञ्चार माध्यमले समाचार लेखेका छन् । प्रतियोगिताका दौरान सम्भावित आतंवादी हमला रोक्नका लागि यो कदम चालिएको हो । ४० हजार सुरक्षाकर्मी परिचालन गरिसकेको इण्डोनेशियाले थप १० हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखको पनि जनाएको छ । अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म चल्ने प्रतियोगितको सुरक्षाका लागि उनीहरुलाई परिचालन गरिएको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीकै भनाईलाई आधिकारिक मान्ने हो भने एशियाडको सुरक्षा व्यवथा मजबुत बनाउने क्रममा ७ सय आपराधिक गतिविधीमा संलग्नलाई पक्राउ गरिएको छ, त्यस मध्ये १५ जनालाई गोलि हानी मारिएको छ । यसै साता देखि सुरु हुने एशियाडमा ४५ देशका ११ हजार बढी खेलाडीहरु सहभागी हुँदैछन् । एशियाड ओलम्पिक पछिको दोस्रो ठूलो खेल प्रतियोगिता हो ।

त्यहाका प्रहरी प्रवक्ता यूसुरी यूनुसले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था पनि मजबुत भएको जनाएका छन् । प्रतियोगितालार्ई मध्यनजर गर्दै विमानस्थल, सपिङ मल, पर्यटकीय क्षेत्र तथा होटेलहरुमा सुरक्षा व्यवस्था कडा पारिएका पनि बताए । इण्डोनेशीयाले पछिल्लो दश बर्षमा पटक पटक आतंकवादी हमला ब्यहोरकाले पनि प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah