सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नम्बर ९ का, ५ बर्षीय बालक साइरस श्रेष्ठ व्लड क्यान्सर तथा बोनम्यारो समस्याबाट पीडित भएका छन् ।
उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको कोलकातास्थित टाटा मेमेरियल अस्पतालमा उपचार भइरहेको साइसरका माईजु किशोरी श्रेष्ठले ओसन नेपालसंग कुराकानी गर्दै भनिन् ।
भारतीय डाक्टरका अनुसार उनको उपचार गर्नका लागि कम्तिमा १५ देखि २० लाख भारतीय रुपैया (आईसी) र अवस्था हेरेर त्योभन्दा बढि खर्च लाग्ने भएको छ । गत साउन २ गते बाट साइरस कोलकातास्थित टाटा मेमोरिय अस्पतालमा उपचारत छन् ।
साइरसको परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएको र यतिधेरै रकम जुटाउन नसक्ने भएको हुनाले उनको परिवार र आफन्तले सहयोगको लागि देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरिरहेका छन् ।

साइरसका बुवा नारायण श्रेष्ठ सिन्धुपाल्चोककै एक रिजोर्टमा कुकको काम गछन् । उनले मासिक १५ हजार जति कमाउछन् । उक्त कमाईले घर चलाउन पनि मुस्किल रहेको उनले बताए । अहिलेसम्म साइरसको उपचारमा ६ लाख जति खर्च भईसकेको र उक्त रकम पनि आफन्तहरुसंग ऋण लिएको उनका माईजु किशोरी श्रेष्ठले बताईन् । आफ्नो भान्जाको जीवन रक्षाका लागि सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिनुहुन उनले आग्रह गरेकी छिन् ।
५ बर्षीय साइरस युकेजीमा अध्ययनरत छन् । आमा शुसिला श्रेष्ठले पनि छोरा साइरसको उपचार खर्च जुटाउन कोलकाताबाटै सहयोगको अपिल गरेको भिडियो ओसन नेपाललाई पठाएकी छिन् ।
ओसन नेपाल युनिट पनि हार्दिक अनुरोध गर्दछ, देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सकेको सहयोग गरिदिनुहोला । यहाँहरुको अमुल्य सहयोगले एउटा सानो बालकको जीवन सुन्दर बन्नेछ ।
सहयोगका लागि :
-किशोरी श्रेष्ठ
सम्पर्क : 9849090807
NIC ASIA BANK LTD. A/C 1387747517524001 ( Kishori Tamang)



