काठमाडौं – जापान सरकारको एक हेलिकप्टर गुम्माको पहाडमा शुक्रवार दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार, शुक्रवार दुर्घटनालगत्तै चालकदलका दुई सदस्यको मृत्यु भएको पुष्टि भएको थियो भने शनिवार सात अन्यको मृत्युको पुष्टि गरिएको छ । अधिकारीहरूका अनुसार, हेलिकप्टर क्षेत्रीय विपत रोकथाम टोलीलाई लिएर हाइकिङ ट्रेल निरीक्षणका लागि गएको थियो ।

शुक्रवार बिहान १० बजेतिर एयर ट्राफिक कन्ट्रोल रूमसँग विमानको सम्पर्क टुटेको थियो । हेलिकप्टर एक अनुभवी पाइलटले चलाइरहेका थिए । उड्डयन मन्त्रालयले बेल ४१२ईपी हेलिकप्टरले मे १९९७ मा उडान शुरू गरेको जानकारी दियो । मार्च २०१७ मा यही मोडलको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पनि नौजनाको ज्यान गएको थियो ।

अघिल्लो नोभेम्बर महिनामा पनि यस्तै दुर्घटनामा चारजना मरेका थिए । दुर्घटनाको जाँच विमान सुरक्षा बोर्डले गरिरहेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah