तपाईँ हामीमध्ये कसैको निन्द्रामा उठेर हिड्ने बानी हुन्छ । निदाइरहेको मानिस अर्धचेत अवस्थामा उठेर जता मन लाग्यो त्यतै हिँड्दा गम्भीर चोटपटकको सम्भावना हुन्छ । निन्द्रामा हिड्ने क्रममा कोही कोही त एक्लै बोल्ने (बर्बराउने) पनि हुन्छन् । निन्द्रामा हिड्ने मानिसलाई हृदयघात वा डिप्रेसनको खतरा हुने सामान्य विश्वास गरिए पनि कतिपय विज्ञहरुले भने यसलाई स्वीर्कादैनन् ।

निद्रामा हिड्ने मानिसलाई चिच्चाएर नबोलाउन वा नछुन विज्ञहरु सुझाब दिन्छन् । उनीहरु थप झस्किने र नराम्रो प्रतिकृया देखाउने हुँदा नराम्रो व्यबहार नगर्नु नै वेश हुने बताइन्छ । ‘निदमा हिड्ने मानिसलाई तपाईँले छुन वा झर्किएर बोल्नु हुदैन,’ अक्सफोर्डस्थित निन्द्रा सम्बन्धी केन्द्रका डा. जेनोबिअ जाइवाला भन्छन् ।

उनीहरुलाई तर्साउँदा दिमागमा दीर्घकालिन असर पर्ने वा अरु समस्या बल्झिन सक्ने बताइन्छ । त्यति मात्र होइन निद्रामा हिडेको मानिस अचेत वा अर्धचेतन भएकोले तपाईलाँई उसले हिर्काउने धेरै सम्भावना पनि हुन्छ । विशेष गरी नकरात्मक सोच दिमागमा खेल्दा वा उत्तेजित सपना देख्दा मानिस बर्बराएर हिड्ने भएकोले पनि उनीहरुले हिर्काउने खतरा रहने विज्ञ बताउँछन् ।

आखिर किन हिड्छन् मानिस निन्द्रामा ? विज्ञहरुका अनुसार दिमागको एक अंश निद्राबाट व्युतिएको हुन्छ, तर बढी चेतनशिल अंश निदाइनै रहने हुनाले केही मानिस निन्द्रामा हिड्छन् । घुर्ने र एक्लै बोल्ने जस्तै यो वंशानुगत समस्या पनि हो । ‘दिमागको अर्धचेतनशिल भाग सक्रीय भएपछि केही मानिस निदमा हिड्छन् । कतिपय मानिस एक्लै बोल्छन्’, जाइवाला थप्छिन्, ‘अधिकांश निद्रामा हिड्ने मानिस विभिन्न हातखुट्टा भाँचिनेदेखि टाउकोमा चोट लाग्ने समस्याले पीडित छन् ।’ उनीहरुलाई गाली गर्न वा झपार्न भन्दा पनि उनीहरुका पछि पछि गएर निकै नरम भई बेडमा फर्किन आग्रह गर्नुपर्ने विज्ञहरुको सुझाब छ ।

तर बच्चाको लागि भने अलि समस्या आउन सक्छ । उनीहरुलाई नबिउझाइ बेडमा लगेर राख्यो भने उनीहरु अर्को दुर्घटनाको शिकार बन्ने सम्भावना हुन्छ । बरु मायालु स्वरमा फकाएर पुनः ननिदाउने बेलासम्म कुर्नु उपर्युक्त हुन्छ । स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah