काठमाडौं । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा १२ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीको हबाला दिँदै बीबीसीले जनाएको छ ।

बीबीसीले यसअघि मृतकको संख्या कम्तीमा ३५ बताएको थियो । १५ जना गम्भीर घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन गरिएको छ ।

भीषण वर्षा भइरहेका बेला पुल खसेको हो । पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।