दमक/सातामा एकपटक प्रत्येक शुक्रबार बन्द हुदै आएको दमक अब शनिबार बन्द गर्नु पर्ने केहि ब्यापारीहरुले बहस शुरु गरेकाछन् । दमक उद्योग बाणिज्य संघको साधरणसभाको पुर्वसन्ध्यामा यस्तो बहस शुरु भएको हो । शुक्रबार संघको साधरणसभा रहेको छ ।
शुक्रबार बजार बन्द हुने तर शनिबार आफ्ना बालबच्चा तथा छोराछोरीको बिद्यालय छुट्टी हुदा घुमाउन तथा कहि जानका लागि समस्या भएकाले शनिबार ब्यवहारिक हुने तर्क ब्यवसायीहरुको रहदै आएको छ ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बाहिर आफुले पनि ब्यवसायीले यो कुरा उठाएको सुनेको बताउदै साधरणसभामा प्रस्तावको रुपमा आए छलफल हुन सक्ने बताए । उनले शनिबार ब्यवसायीक कारोबार बढी हुने तर्क समेत धेरै रहेकाले पहिला शुक्रबार दमक बन्द हुदै आएको हो ।



