राम बहादुर राय /बीबीसी

सन् १९६३ मे को कुरा हो । मैले पहिलो पटक अटल बिहारी बाजपेयीलाई सुनेको थिएँ । पंडित दिनदयाल उपाध्याय जौनपुरबाट लोकसभाको चुनाव लडिरहेका थिए ।

त्यतिबेला चार उपचुनाव भइरहेको थियो । वडोदराबाट मिनु मसानी चुनाव लडिरहेका थिए, अमरोहाबाट जेबी कृपलानी र फर्रुखाबादबाट डा. राम मनोहर लोहिया चुनावी मैदानमा उत्रिएका थिए ।

जौनपुरको सभामा मैले बाजपेयीलाई पहिलो पटक सुनें । बाजपेयीले मानिसहरुलाई आफ्नो सभामा हसाउँथे र भावनामा बगाउँथे पनि ।

यो नै उनको भाषको अद्भूत कला थियो र उनले यो कला आफ्ना बुवाबाट हाँसिल गरेका थिए । बाजपेयीको भाषणमा हाँसो, भावना र मुद्दा उठान हुने गर्दथ्यो ।

बाजपेयी कुनै पर्चाबिना नै भाषण गर्दथे र मुद्दालाई सही समयमा सटिक तरिकाले प्रस्तुत गर्दथे । उनको सभामा हरेक विचारधाराका मानिसहरु उनलाई सुन्न आउँथे ।

अटल बिहारीको व्यक्तित्वको प्रभाव नै त्यस्तो थियो जसले हारेको बाजी पनि जित्थे । उनी चुनावका बेला जहाँ पनि जान्थे, त्यहाँ समर्थनको ग्राफ उनको भाषण पनि ह्वात्तै बढ्ने गर्दथ्यो ।

उनको कुराले उनलाई बनायो राष्ट्रिय नेताः

लोकसभामा चाहे अयोध्याको मामला वा अविश्वास प्रस्तावको मामला होस्, पूरा संसदले उनलाई ध्यानपूर्वक सुन्दथे ।

विपक्षी सांसदले उनलाई यसकारण पनि सुन्दथे किनभने उनी भारतीय जनता पार्टीका नेता भएता पनि थुप्रै पटक उनको कुरा राष्ट्र हितमा हुन्थ्यो र पार्टी लाइन बाहिर हुने गर्दथ्यो ।

यही कारणले उनलाई कुनै विशेष पार्टीको नेता नभई राष्ट्रिय नेता मानिन्थ्यो ।

अयोध्या मामला पछि अटल बिहारी बाजपेयीले लोकसभामा जुन भाषण दिए, त्यो सायद अटल विहारी बाजपेयीले मात्र दिन सक्थे । उनले भनेका थिए, ‘जो व्यक्ति बाबरी मस्जिदलाई ढलाउन संलग्न भए उनीहरुले अगाडि आएर जिम्मेवारी लिनुपर्छ ।’

यो यस्तो कुरा थियो जुन भाजपाका अन्य कुनै पनि नेताले भन्न सक्दैनथे र यो कुरा उनले दबिएको आवाजमा भनेका थिएनन् ।

शब्दको वाणः

उनी लोकसभाको भाषणमा थुप्रै पटक यस्ता शब्द प्रयोग गर्दथे जसलाई अरु व्यक्तिले बुझ्न सक्दैनथे ।

एकपटक सिपिआईका केही नेता लोकसभामा उनको विरोध गरिरहेका थिए । उनी बोलिरहेका बेला उनको आलोचना गरिरहेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘जो मित्र हाम्रो भाषणको विरोध गरिरहेका छन् उनीहरु शाखामृगको भूमिकामा छन् ।’

त्यतिबेला शाखामृगको अर्थ कसैलाई पनि थाहा भएन । केही बेर पछि प्रकाश बीर शास्त्रीले शाखामृगको अर्थ ‘बाँदर’ हो भन्ने जानकारी दिए । त्यसपछि विपक्षी भड्किए ।

उनको भाषणको विषय निराश भएपनि उनले त्यसलाई रोचक बनाइदिन्थे र हाँसीहाँसी मानिसहरुलाई सम्झाइदिन्थे ।

विषय यदि पेचिलो भए उनले कसैको चर्चित भनाईलाई उद्धृत गर्दै त्यसलाई सरल बनाइदिन्थे ।

संसदमा पहिलो भाषण र त्यसको छापः

सन् १९५७ मा पहिलो पटक अटल चुनाव जितेर संसद पुगेका थिए । त्यतिबेला जवाहरलाल नेहरु प्रधानमन्त्री थिए । उनी नयाँ सांसदलाई बोल्ने मौका दिन्थे र उनीहरुलाई निकै ध्यानपूर्वक सुन्थे पनि ।

जब उनले पहिलो पटक बाजपेयीको भाषण सुने, उनी निकै प्रभावित भए । नेहरुले उनलाई देशको भावी प्रधानमन्त्री भनेका थिए ।

सांसदको भूमिकामा उनले दुई कुरालाई महत्व दिएका थिए । पहिलो, उनी संसदमा संसदीय मर्यादालाई पालना गर्दै बोल्दथे र दोस्रो आचरण ।

यही कारणले उनको राजनीतिक जीवनभरी कसैले पनि उनको कुरामा आपत्ति जनाएनन् र उनको क्रियाकलापले कुनै पनि हंगामा निम्त्याएनन् ।

समकालीन नेतामा उनको स्थान?

समकानीन नेतामा वक्ताको रुपमा उनको स्थान भिन्न थियो । त्यतिबेला जनसंघमा केही उत्कृष्ट वक्ता थिए जस्तै जगन्नाथ राव जोशी, प्रकाश वीर शास्त्री । तर जनताको माया लिने कला अटल बिहारी बाजपेयीसँग मात्र थियो ।

सन् १९८० मा जब भाजपाको पहिलो राष्ट्रिय अधिवेशन मुम्बईमा भइरहेको थियो र मंचमा एमसी छागला थिए । उनले अधिवेशनपछि दुई कुरा भने । पहिलो – उनले भाजपामा कांग्रेसको विकल्प देखिरहेका छन् र दोस्रो – अटल बिहारी बाजपेयीमा प्रधानमन्त्री बन्ने सम्भावना ।

इन्दिरालाई व्यंग हानेर दिए जवाफः

सन् १९७१ मा एक सभामा इन्दिरा गान्धीले आजकाल उनलाई हिटलरसँग तुलना गरिरहेको बताए । एक दिन उनले इन्दिरालाई आफ्नो तुलना किन हिटलरसँग गरेको भनेर प्रश्न सोधे ।

तब इन्दिरा गान्धीले जवाफ दिइन्, ‘तपाईं हात उठाइउठाई सभामा बाल्नुहुन्छ त्यसकारण म तपाईंको तुलना नाजीसँग गर्छु ।’

यसमा बाजपेयीले टिप्पणी गरे र मानिसहरु पेट मिचिमिचि हाँसे । उनले भनेका थिए, ‘इन्दिराजी, के म तपाईंले झैं खुट्टा उठाईउठाई भाषण गरुँ ।’

यो उनको व्यंग्यको तरिका थियो । यस्तै व्यंग्यले उनको भाषण रोचक बनाउथ्यो । उनको भाषण निकै रोचक भइकन पनि गम्भीर विषयमा केन्द्रीत हुन्थे, चिन्ता हुने गर्दथ्यो जुन कुनै पनि राष्ट्रिय नेताको भाषणमा हुनुपर्छ ।

(बीबीसी संवाददाता अभिमन्यु कुमार साहासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah