खोजियो जोरी !

खोजियो जोरी, मृत्युसँगै खोजियो !

भिड्ने मेरो कुनै चाहना कहाँ थियो,

घुम्तीमा भेटैंला वाचा नै कहाँ थियो।

बाटो छेकेर ऊ सामुन्ने उभ्भियो,

लाग्यो जीवनभन्दा ऊ ठुलो भैदियो ।

मृत्युको आयु कति एक क्षण मात्र हो,

जिन्दगी शृंखला चार दिन हैन हो ।

म जिएँ तृप्त भइ, मन लगाई मरुँ,

फर्की आउँछु भने, जाँदा किन म डरूँ?

ए मृत्यु तँ चोरी चोरी न आ,

सामुन्ने आई प्रहार गर छातीमा ।

मृत्युबाट बेखबर, जिन्दगीको यो सफर,

साँझको यो कालिमा, रात बाँसुरीको स्वर।

यस्तो त हो कहाँ दुःख नै छैन क्यै,

पीर आफ्ना बिरानाका कम छन् र खै ?

प्रेम धेरै बिरानाहरूले गरे,

आफ्नासँग गुनासो रहेन कुनै।

हर चुनौतीसँग म जुझे के भनूँ,

आँधीमा जल्न लाए दियालाहरू।

आज आँधी-हुरी-हुण्डरी सामुमा,

नाउ भुमरीको घरमा भयो पाहुना।

तर्न सक्छु म भुमरी छ यो हौसला

हुण्डरी देखि मन झन् अटल भइदियो

खोजियो जोरी मृत्युसँगै खोजियो !

भावानुवाद: भुवन

एभरेस्ट दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah