कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान समूहले सोमबार तीन वटा यात्रुवाहक बस अपहरण गरेका छन् । बसमा १ सय ५० भन्दा बढी यात्रु छन् ।

तालिबान समूहले बिहान ४ बजे यात्रुसहित बस नियन्त्रणमा लिएको जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले जानकारी दिनुभएको छ । अपहरणमा परेका यात्रुलाई सुरक्षित रुपमा मुक्त गराउन सुरक्षाफौजले कारवाही शुरु गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गर्नुभएको एक दिनपछि नै बस अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदमा राष्ट्रपति घानीले घोषणा गर्नुभएको युद्धविराम सोमबारदेखि नै लागू हुने उल्लेख गरिएको छ । सरकारले घोषणा गरेको युद्धविराम बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । एपी