काठमाण्डु, ५ भदौ – बजार अनुगमनको विरोधमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारले तयारी गरेसँगै व्यवासायी पनि व्याक भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलेबजार अनुगमनको विरोध गर्दै व्यापारी हड्तालमा उत्रिए नियमअनुसार त्यस्ता व्यापारीको दर्ता नै खारेज गर्ने चेतावनी दिएकै बेला उनीहरुले यस्ताे निर्णय गरेका हुन् ।
सरकारले आफ्नो माग पुरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।
संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेशदनशील भएर बिक्री नरोक्ने उनले बताए ।
सरकारसँगको सम्झौताविपरीत उपभोक्ता ठग्ने, अनुगमनको विरोध गर्ने तथा बन्दमा उत्रने तरकारी व्यापारीलाई दर्ता खारेजीसम्मको कारबाही हुने मन्त्रालयका सहचसचिव नवराज ढकालले बताएका थिए ।
सोमबार बिहान कालिमाटी तरकारी बजार अनुगमन पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीलाई नै व्यापारीले नियन्त्रणमा लिएका थिए । उनीहरूले सरकारी कर्मचारीलाई नै नियन्त्रणमा लिएका थिए ।
किसानसँग किनेको र उपभोक्तालाई बेच्न तोकिएको मूल्य तथा बिलबिजक लगायत अनुगमन गर्न विभागको टोली कालिमाटी तरकारी बजार पुगेको थियो । कर्मचारीलाई बाहिर निस्किन नदिई गेट लगाएर व्यापारीहरूले अवरोध गरेका थिए ।
व्यवसायी र अनुगमन टोलीबीच विवाद भएपछि आपूर्तिमन्त्री मातृका यादव, सचिव चन्द्र घिमिरे र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालिमाटी बजार पुगेको थियो ।
घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो ।



