विष्णुप्रसाद पोखरेल
दमक/झापा क्षेत्र नं. ५ का साँसद समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो हिलो भएपछि झापाको कमल गाउ“पालिका वडा नं. ७ लखनपुरमा रहेको प्रदेश स्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलन्यास गरेनन् । बुधबार प्रधानमन्त्री ओलीले ५० शैयाको चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलन्यास गर्न तामझामका साथ भब्य तयारी भएको थियो ।
ओली आउने भनेर झरीको प्रवाह नगरी स्थानीयहरु आयुर्बेद चिकित्सालय निर्माण स्थलमा भेला भएका थिए । करिब ७ सय मिटर सडकमा दूइदिन अघि माटो र ग्रोभल बिछ्याइपनि हिलो भएको थियो । गाडि जान सक्ने अवस्था रहेपनि हिलोका कारण समस्या आउन नसक्ने भन्दै उक्त स्थलमा जाने कार्यक्रम रोकिएको जनाइएको छ ।
उनि २ बजेतिर सडकमा नै उभिएर स्थानीयले अभिवादन गरे । तर केहि पनि बोलेनन् । उनले सम्बोधन पनि गरेनन् । आयोजकले शिलन्यास भएको बताए । चिकित्सालय स्थलमा भने रिर्मोटबाट इलोक्ट्रोनिक रुपमा शिलालेख सहितको उद्घाटनको ब्यवस्था मिलाईएको थियो ।
आर्थिक बर्ष २०६७÷०६८ मा ३ हजार स्थानीयको हस्ताक्षर गरेर यहाँ आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । २ बर्ष अघिदेखि मासिक रुपमा आर्युबेदिक स्वास्थ्य शिबिर हुदै आएको यहाँ २२ महिनाभित्रमा सुविधा सम्पन्न भवन बन्ने जनाईएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका अनुसार १७ करोड २९ लाख लागतमा चिकित्सालयको भवन बन्न लागेको हो ।
रबिना खनाल जेभिले २२ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेको समेत बताईएको छ । निर्माण ब्यवसायी प्रकाश केसीका अनुसार निर्धारीत समयमा सम्झौता अनुसार ७५ मीटर लम्बाई र ४५ मीटर चौडाईको अढाई तले भवन निर्माण हुने छ ।



