बलिउड निर्देशक शरत कटरियाले बिहीबार एउटा ‘मिम’ सेयर गरे। यो मिम उनको आगामी फिल्म ‘सुई धागा’ की अभिनेत्री अनुष्का शर्माको थियो। अनुष्का यो मिममा कुनैबेलाको लोकप्रिय भिडियो गेम ‘सुपर मारियो’ को पृष्ठभूमिमा थुचुक्क बसेकी छन्। निलो बुट्टे सारीमा उनी थकित र निराश देखिन्छिन्।

यो फाटो फिल्मकै एक दृश्यको हो। यसमा अनुष्कालाई गेमकी मारियो बनाइएको छ। जसरी भिडियो गेममा मारियो बुरुक–बुरुक उफ्रिँदै विभिन्न चरण पार गर्छ, अनुष्काको फोटो त्यसरी नै उफ्रन्छ।

शरतले ‘रोक्नै सकिनँ’ भन्दै यो मिम सेयर गरेका छन्। उनी मात्र होइन, फिल्मका अभिनेता बरुण धवन लगायत धेरै भारतीय र नेपालीले यसलाई ‘गज्जब सिर्जना’ भन्दै सेयर गरेका छन्। इन्टरनेटमा यो भाइरल भएको छ।

बलिउड फिल्म निर्देशकले नै सेयर गर्न रोक्न नसकेको यो मिमका निर्माता नेपाली युवा किरण श्रेष्ठ हुन्। उनले बनाएको यो मिम अहिले भारतीय फिल्म जगत र इन्टरनेटमा भाइरल छ। मारियो गेमको संगीतसँगै यसमा अनुष्काको पहिलो फिल्म ‘रब ने बना दी जोडी’ को ‘होले होले होजाएगा प्यार’ को संगीत जोडिएको छ।

किरण भिडियो एडिटिङमा सक्रिय छन्। उनको आफ्नै युट्यूब च्यानल ‘घन्टाहोम प्रोडक्सन’ छ। गत फेब्रुअरीमा खोलेको यो च्यानलमार्फत उनले छोटा फिल्म, म्युजिक भिडियो, मिमहरू सार्वजनिक गर्दै आएका छन्।

‘यो भिडियो भाइरल भयो, म एकदमै एक्साइटेड छु,’ सेतोपाटीसँग किरणले भने, ‘मलाई थप काम गर्ने ऊर्जा मिलेको छ।’

उनले यो मिम सार्वजनिक गरेको तीन दिन भयो। तीन दिनमै यो इन्टरनेटमा लोकप्रिय भएको छ। उनको यो सिर्जनालाई धेरै प्रयोगकर्ताले ‘उत्कृष्ट दिमाग’ को संज्ञा दिएका छन्।

‘कसरी यो मिम बनाउने सोच आयो?’

‘एक साताअघि फिल्म सुई धागाको ट्रेलर रिलिज भयो। मैले त्यसका केही फोटा हेरेँ। त्यसमा अनुष्का चिउँडोमा हात राखेर बसेको पोज मनपर्यो। यसलाई केही रमाइलो बनाउन सकिएला कि भन्दै सोचेँ। अनि मारियोको स्टेज सम्झेँ। फिट हुन्छ जस्तो लाग्यो। बनाएँ। अपलोड गर्नेबित्तिकै यसको चर्चा हुन थाल्यो। अहिले त भारतमा निकै भाइरल भइसक्यो। फिल्म निर्देशक शरत र अरु टिमले पनि सेयर गरेका छन्,’ उनले भने।

एक मिनेट ३७ सेकेन्ड लामो यो मिमले फिल्म प्रवद्र्धनमा पनि सघाउ पुग्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन्। फिल्ममा अनुष्का ममताको भूमिका छन् भने बरुण धवन उनका श्रीमान बनेका छन्।

यो मिम मात्र होइन, नेपाली प्रयोगकर्तामाझ किरणको अर्को भिडियो पनि अचेल खुब चर्चामा छ। यसमा हिन्दी फिल्म ‘देवदास’ को एक दृश्यलाई तीजसँग जोडिएको छ। शाहरुख खान र माधुरी दिक्षितको ‘दर काण्ड’ नामको यो भिडियोले चर्चा पाइरहेको छ।

घन्टाहोम प्रोडक्सन पाँच महिनाअघि मात्र सुरु भए पनि किरण भिडियो क्षेत्रमा भने लामो समयदेखि सक्रिय छन्। उनी सन् २००६ देखि पेशागत रुपमा भिडियो सम्पादन गर्दै आएका छन्। शोख भने सानैदेखि रहेको उनी बताउँछन्।

‘मलाई सानैदेखि भिडियो, फिल्ममा रुचि थियो। भिडियो गेम खुब खेल्थेँ। अनि कमेडी, हरर, सस्पेन्स फिल्म मनपराउँथे,’ उनले भने, ‘ठूलो भएर यस्तै फिल्म, भिडियो बनाउँछु भन्ने सपना थियो।’

उनको घर बालाजु हो। सामाखुसीको नेचर बोर्डिङ हाइस्कुलबाट एसएलसी दिएका हुन्। आशीर्वाद कलेजमा व्यवस्थापन पढे पनि शोख भने मनोरञ्जनात्मक क्षेत्रमै रहेको उनी बताउँछन्।

‘मलाई जहिले पनि कसरी मनोरञ्जन दिने भन्ने लाग्थ्यो। आफूलाई पनि त्यस्तै मनपथ्र्यो। मैले फिल्म बनाएँ भने पनि हरर, कमेडी नै बनाउँछु जस्तो लाग्थ्यो,’ ३३ वर्षीय किरणले भने, ‘यो मेरो प्यासन हो।’

उनले केही छोटा फिल्म, म्युजिक भिडियो र फिचर फिल्म पनि निर्देशन गरेका छन्। ‘अनुप्रस्थ’ ब्यान्डको ‘ह्वाट टु डु काठमाडौं’ गीत उनैको निर्देशनमा बनेको हो। त्यस्तै ‘बैशाख १२’ नामक छोटो फिल्मका निर्देशक, कथाकार र भिडियो सम्पादक पनि उनै हुन्।

‘मेरो अघिल्लो मिम पनि भारत, बंगलादेश, श्रीलंकामा हिट भएको थियो,’ उनले सुनाए, ‘विश्व कपमा जर्मनीपछि लस्करै हारेका अर्जेन्टिना अरु देश देखाइएको थियो। त्यसलाई मैले फिल्म चेन्नइ एक्प्रेसको एक दृश्यसँग जोडेर बनाएको थिएँ,’ उनले भने।

उक्त मिमको नाम ‘फिफा एक्सप्रेस’ हो। यसमा दीपिका पादुकोण, र अन्य कलाकारलाई शाहरुख खानले रेल चढ्न हात दिँदै गरेको दृश्य छ। शाहरुखलाई जर्मनी, दीपिकालाई अर्जेटिना र अरु कलाकारलाई क्रमशः पोर्चुगल, स्पेन, ब्राजिल मान्दै हारेर घर फर्केको दृश्य रमाइलो पारामा देखाइएको छ।

‘इन्टरनेटमा केही नयाँ कुरा देखेँ भने, त्यसलाई रमाइलो कसरी बनाउन सकिन्छ भन्ने सोचिरहन्छु,’ उनले भने, ‘केही आइडिया फुर्यो भने, बनायो, पोस्ट गर्यो।’

 

https://youtu.be/zpzH–shIxA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah