भदौ १५, २०७५
काठमाडौं — संसारभरिका प्रश्नको उत्तर गूगलमा पाइन्छ । अचम्मको कुरा त, अमेरिकी कंग्रेसले सोध्ने प्रश्नको उत्तर दिने मानिसको विषयमा विवाद आएको छ ।

अमेरिकी चुनावमा हस्तक्षेप र सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रभावित पारेको आरोपमा ट्विटरका सीईओ, फेसबूकका सीओओ समेत गूगलका शीर्ष अधिकारीलाई अर्को साता सांसदहरूलाई जवाफ दिन संसदमा उपस्थित गराइने भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गूगलको कडा आलोचना गरेपछि रिसाएको गूगलले आफ्ना कनिष्ठ अधिकारीलाई जवाफ दिन पठाउने भएको छ । यसले सांसदहरूलाई रुष्ट बनाएको छ ।

हालै ट्रम्पले गूगलमाथि आफ्नो छवि बिगारेको आरोप लगाएका थिए । आफ्नो बारेमा लेखिएका नकारात्मक समाचारलाई सजिलै भेटाउन गूगलले भूमिका खेलेको उनको भनाइ छ ।

ट्रम्पसँगको रिसमा अमेरिकी संसदमा गूगलले सीईओ सुन्दर पिचाईलाई नपठाएर कनिष्ठ अधिकारीलाई पठाउन लागेको हो । त्यसले सांसदहरूलाई क्रोधी बनाएको छ र एक सांसदले गूगलको नेमप्लेटअघि खाली कुर्सी राख्न भनेको
बताए । यसबाट सुन्दर संसदीय सुनुवाइबाट टाढा रहेको देखाउने प्रस्ट हुने उनले बताए ।

ट्विटरका सीईओ ज्याक डोर्सी र फेसबूकका मुख्य सञ्चालन अधिकारी शेरिल स्यान्डबर्ग बुधवार सिनेटको इन्टेलिजेन्स कमिटीसमक्ष पेश हुनेछन् । गूगलको मूल कम्पनी अल्फाबेटका सीईओ ल्यारी पेजलाई पनि सुनुवाइमा बोलाइएको छ ।

सुनुवाइमा नोभेम्बर हुने मध्यावधि चुनावमा सम्भावित धाँधली रोक्ने विषयमा चर्चा हुनेछ । गूगलले वरिष्ठ उपाध्यक्ष (विश्वव्यापी मामिला) केन्ट वाकरलाई सुनुवाइमा पठाउने भएको छ ।

सिनेट कमिटीका सदस्य गूगलको यो निर्णयबाट रुष्ट छन् । कमिटीका एक प्रवक्ताले भने, ‘यो सुनुवाइको उद्देश्य वरिष्ठ नेतृत्वबाट निर्णयका बारेमा जानकारी हासिल गर्नु हो, निर्णय लागू गराउने मानिसको कुरा सुन्नु हैन ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah