जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।

अधिकारीहरूले १० लाखभन्दा बढी मानिसहरूलाई आआफ्नो घर छाडी सुरक्षित स्थलतर्फ जान भनेका छन् । जेबी नाम दिइएको उक्त शक्तिशाली समुद्री आँधी दक्षिणी क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो र त्यसले ठूलो वर्षाका साथै १७२ किलोमिटर प्रतिघण्टाको वेग भएको हावाहुरी पनि ल्याएको थियो ।

‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।

जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भन्नुभयो– सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पु¥याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ ।

उनले मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताए । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुरायाएको देखिएको छ भन्दै तर अहिले नै स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि बताए ।

मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah