यिनी संगीन जिसी । जसको शव भदौ १७ गते स्वम्भुको जंगलमा भेटियो । भदौ १० गतेदेखि हराइरहेका २२ वर्षीय जिसीको शब जंगलबीचमा बिभत्स स्थितिमा फेला परेको थियो । बाग्लुङ ढोरपाटन नगरपालिका–१ का संगिन काठमाडौको सानोभ¥याङमा हजुरबुवा र हजुरआमासँग बस्दै आएका थिए । उनी भदौ १० गते जनैपूर्णिमाको दिन हजुबुबालाई ‘एकछिन बाहिर जान्छु’ भनेर घरबाट निस्किए ।

साँझसम्म पनि घर नफर्किएपछि हजुरबुबाले संगिनलाई फोन गरे । संगिनले मोबाइल घरमै चार्जमा राखेर हिँडेका रहेछन् । त्यसपछि संगिनका बुबालाई फोन गरे । बुबाले पनि घरमा नआएको बताएपछि चिनेजानेका सबैमा सोधखोज गरे । कतै पत्ता नलागेपछि भोलिपल्ट संगिनका परिवारले प्रहरीमा उजुरी लेखाए ।

प्रहरीले संगिनको खोजी जारी राखेको बतायो । परिवारले पनि आफ्नै तरिकाले संगिनलाई खोजिरहे । उनीहरुलाई संगिन भेटिने आशा थियो । तर, जब १७ गते प्रहरीले ‘तपाईंको मान्छेको हुलियासँग मिल्ने एउटा मृत शरीर भेटियो’ भनेर खबर गर्यो, तब उनीहरु खङ्ग्रङ्ग भए । प्रहरीले परिवारलाई थाहै नदिई मुचुल्का उठाएर संगिनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याएछ । परिवारका सदस्य अस्पतालमा हेर्न आएपछि प्रस्ट भए, शब संगिनकै थियो । उनीहरु छाँगाबाट खसेजस्तै भए ।

२२ वर्षीया संगिन बानेश्वरस्थित न्यू समिट कलेजमा आइटी अध्ययन गरिरहेका थिए । तर, जब आशाको त्यान्द्रोका रुपमा रहेका छोराको शव भेटियो, तव परिवारमा सन्नाटा छायो । अहिले संगिनको परिवार शोकमा छ ।

जहाँ जिसीको शव भेटियो !

जिसीको शव भएको जानकारी पाएपछि स्वयम्भु प्रहरी यहाँ आएको थियो । जहाँ जिसीको टाउको र शरीर छुट्एिको अवस्थामा भेटियो । तर, शंकास्पद कुरा यो छ कि, जिसीको टाउकोको अस्थिपञ्जर मात्रै भेटियो । बेपत्ता भएको एक सातामै टाउकोको अस्थिपञ्जर मात्रै भेटिनुले घटनालाई थप रहस्यमयी बनाएको छ । आफन्त र परिवारले संगिनको हत्या भएको ठोकुवा गरिरहेका छन् । र हत्यारालाई खोजी गरी कारबाही गर्नुपर्ने बताइरहेका छन् । उनीहरुले प्रहरी अनुसन्धान प्रक्रियामाथि नै गम्भीर शंका व्यक्त गरेका छन् ।

घटना रहस्यमयी

२२ वर्षीय संगिनको हत्या भएको हो या आत्महत्या भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि, घटना प्रकृतिले उनको हत्या भएको अनुमान गर्न सहज छ । सँगै घटनाक्रमसँगै भेटिएका केही दसीका कारण अनुसन्धान सहज हुनुको विपरीत शंकास्पद र रहस्यमयी भएको छ ।

रहस्य नम्बर १ : मोबाईल घरमै छोडेर किन हिँडे संगीन ?

परिवारका अनुसार भदौ १० गते अर्थात् जनैपूर्णिमाको दिन दिउँसो दुई बजेतिर संगिन घरबाट एकछिन बाहिर गएर आउँछु भनेर निस्किए । चप्पल लगाएर बाहिर निस्केका कारण उनले तय गरेको गन्तव्य टाढा थिएन भनेर अनुमान गर्न सकिन्छ । सँगै उनले मोबाइल समेत घरमै छाडेर हिँडेका थिए । कतै टाढाको योजना भए उनले मोबाइल बोक्ने थिए । यो कुराले घटनालाई शंकास्पद र रहस्यमयी बनाएको छ ।

रहस्य नम्बर २ : हराएको सात दिनमै टाउको अस्थिपञ्जरमा परिणत

सम्पर्कबिहीन भएको सात दिनपछि संगिनको शव भेटियो, टाउको छिनेको स्थितिमा । शव भेटिदाँ उनको टाउको र शरीर छुट्टिएको थियो । अनि टाउको अस्थिपञ्जरमा परिणत भइसकेको थियो । बेपत्ता भएकै दिन उनको मृत्यु भएको भए पनि सात दिनमै टाउकोको मासु गलेर कसरी अस्थिपञ्जर मात्र बाँकी भयो ? जबकि, शरीरको मासु भने गलेको छैन । दाँतको आधारमा मात्रै परिवारले संगिनकै अस्थिपञ्जर भएको निचेका हुन् । उनको यसले घटनालाई थप रहस्यमयी बनाएको छ ।

रहस्य नम्बर ३ : घटनास्थलमा तरकारी काट्ने चक्कु

प्रहरीले परिवारलाई बताएअनुसार घटनास्थलमा तरकारी काट्न प्रयोग गरिने चक्कु भेटिएको थियो । तर यति सानो हतियारले गर्धन रेट्न सम्भव नहुने परिवारको बुझाई छ । सँगै टाउकोको सबै मासु गलेर अस्थिपञ्जर मात्रै भेटिनुले चक्कुको प्रयोगबाट संगिनको मृत्यु भएको भएको भनेर पत्याउन कठिन छ । यसले पनि घटनाको रहस्यलाई बढाएको छ ।

रहस्य नम्बर ४ : प्रहरी अनुसन्धानमाथि नै शंका

प्रहरीको अनुसन्धानप्रति नै संगिनका आफन्त तथा परिवारले शंका गरेका छन् । संगिन हराएको २४ घण्टाभित्र नै परिवारले स्वयम्भु प्रहरी चौकीमा उजुरी गरेका थिए । त्यसको सात दिनमा स्वयम्भु प्रहरीले नै उनको शब भेटेको थियो । तर प्रहरीले परिवारलाई खबर नै नगरी घटनास्थलबाट मुचुल्का उठाएको थियो । जुन ठाउँमा उजुरी गरेको हो, त्यहीं ठाउँका प्रहरीले शंकास्पद र आफूले दिएको हुलियासँग मिल्ने शब भेटिँदा पनि मुचुल्का उठाउने समयमा परिवारलाई खबर नगरेको भन्दै उनीहरुले प्रहरीमाथि नै आशंका गरिरहेका छन् ।

परिवारको आरोपलाई प्रहरी भने स्वीकार्न तयार छैन । परिवारको यो शंकालाई प्रहरीले आफन्त गुमाउँदाको पीडा र आक्रोशको संज्ञा दिएको छ । किन परिवारलाई खबर नै नगरी मुचुल्का उठाईएको भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसरका प्रमुख वशन्त कुमार लामाको जवाफ यस्तो छ ।

संगिनको मृत्युपछि परिवार शोकमा डुवेको छ । उनीहरु प्रहरीप्रति नै शंका गरिरहेका छन् । र घटनाक्रम तथा घटनाको प्रकृतिले पनि संगिनको मृत्युलाई शंकास्पद बनाएको छ । प्रहरीमाथि शंका गर्दै संगिनका आफन्तले शव स्विकारेका छैनन् । अहिले संगिनको शवको पोस्टमार्टम सकिएको छ तर रिपोर्ट आएको छैन ।

घटनाक्रमले संगिनको हत्या नै भएको प्रष्ट संकेत गर्छ । अब प्रहरीले घटनाबारे अनुसन्धान गरी हत्या भएको हो भने हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ । अरु नै केही कारण संगिनको मृत्यु वा आत्महत्या भए पनि त्यसको कारण पत्ता लगाउन जरुरी छ । strong> न्युज ट्वान्टी फाेबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah