एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् ।

एयर इन्डियाको एउटा विमान भारत केरलको तिरुवनंतपुरमबाट एक सय ३६ यात्रु लिएर उडेको थियो । एयर इन्डियाका एक वरिष्ठ अधिकारीले भने, ‘भीटी एक्सएल विमान मालदिभ्सको मालेमा बनाउँदै गरिएको रनवेमा ल्याण्डिङ गरिएको छ । ल्याण्डिङका क्रममा विमानको दुईवटा टायर पञ्चर भएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एयर इन्डियाको फ्लाइट नम्बर ३२० एनईओलाई गलत निर्देन प्राप्त भएकाले पाइलटले बनाइँदै गरिएको रनवेमा विमान अवतरण गराएको बताइएको छ । जुन रनवे सञ्चालनमा आएकै छैन । तर पाइलटले सावधानीपूर्ण तरिकाले विमानलाई अवतरण गराउँदै ठूलो दुर्घटना टारेका छन् ।

विमानमा रहेका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।