माघ-५ दमक÷बिष्णु प्रसाद पोख्रेल-झापाको दमक १७ का बासिन्दाले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार मावा पूलको शिलन्यास गर्ने थाहा पाएका थिए । खोलाको पश्चिमभागमा स्टेज पनि बनिरहेको थियो र शिलन्यासका लागि खाल्डो समेत खनिएको थियो । तर बुधबार दिउसो नै एकाएक हल्ला चल्यो मन्त्री आएर पुलको शिलन्यास केहि बेरमा नै गर्ने भनेर । पूल उपभोक्ता समितिका केहि पदाधिकारीहरुलाई माओबादी केन्द्रका एक नेताले फोन गरेर मन्त्री आउने र शिलन्यासको तयारी गर्न भनेर अहए । माओबादीका नेता गगन पुरीसंग बिहान नेकपा एमालेका केहि नेताहरुको शिलन्यासको बिषयमा बुधबार बिहान बिबाद भएको थियो । माओबादी नेता पुरीले बिकास निर्माणमा एकलौटी रुपमा नेकपा एमालेले आफूले ल्याएको योजना भन्दै आफूहरुलाई बेवास्था गरेको भन्दै आपत्ती जनाएर आफूले ओलीले भन्दा अगाडि नै शिलन्यास गर्ने भन्दै धम्कि दिएका थिए । त्यहि अनुसार पुरीले तत्कालै शिलन्यासका लागि आफ्ना निकटका साथीहरुसंग छलफल गरे । स्थानीयहरुलाई जुटाउन मन्त्री आउने भनेर बताइएपनि माओबादीका स्थानीय नेता कार्यकर्ता देखि लिएर स्थानीय केहि कार्यक्रममा सहभागि भए । ओलीले शिलन्यासको लागि तयारी गरिरहेभन्दा ठिक बिपरित पुरीले आफै उक्त पुलको शिलन्यास गरेकाछन् । उनि आफैले पुलको शिलन्यास गरेपछि कतिपय स्थानीयहरु समेत आश्चर्य चकित भएको देखिन्थ्यो । पुरी आफैले पनि यसरी शिलन्यास गर्नु पर्ने कारणबारे त्यहाँ बोल्दै भने, हामीले पनि पुल लगायतका बिकास निर्माणमा खटेका छौ तर हामीलाइ वास्ता नै नगरिगन केपी शर्मा ओलीले शिलन्यास गर्ने गरेकाछन् । अगाडि पनि धेरै पटक यस्तो भएको छ र त्यसलाई सहेका थियौ तर अब अति भएर सहन नसकेका हौ । शिलन्यासमा सहभागि स्थानीयहरुले मन्त्री नआएपछि सोध्दै थिए–‘खोइ त मन्त्री आउने भनेको होइन ।’ कतिपय माओबादीका जिम्मेवार नेताहरुलाइ पनि मन्त्री आउने भनेर भनिएको रहेछ । पुरीले एमाले पार्टी बाहेकका केहि अन्य राजनीतिक दलका नगर तथा क्षेत्रिय स्तरका पार्टीका नेताहरुलाइ शिलन्यासमा सहभागि हुनका लागि बोलाएपनि ब्यस्तताका कारण देखाउदै उनिहरुले सहभागिता नजनाएको एक माओबादी नेताले बताए । नाटकीय रुपमा भएका शिलन्यासले दमकमा रामै्र चर्चा शुरु भएको छ । यस क्षेत्रका साँसद समेत रहेका ओलीले पुलको शिलन्यास गर्ने भनेर एक महिना अघिनै तय भइसकेको र यो हर्कत लज्जाश्पद भएको नेकपा एमालेका एक नगरकमिटी सदस्यले बताएकाछन् ।
मन्त्री आउने भनेर झुक्याएर मावा पुलको नाट्कीय शिलन्यास
सवाल नेपालसंवाददाताबुधबार, ३ माघ २०७३

मन्त्री आउने भनेर झुक्याएर मावा पुलको नाट्कीय शिलन्यास
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



