काठमाडौं । शुक्रबारदेखि अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दैछन् । गत नोभेम्वरमा राष्ट्रपति निर्वाचित भएपछि उनले शुक्रबार सपथ ग्रहण गर्दैछन् । उनी राष्ट्रपतिको रुपमा निर्वाचित भएदेखि सपथग्रहण गर्नुपूर्व उनको व्यवसाय र उनीको व्यवहारमा के कति फरक आयो त ? यो धेरैको चासोको विषय बन्न सक्छ । त्यही विषयमा न्यूयोर्क टाईम्सले प्रकाशित गरेको विषयलाई हामीले पनि नेपालीमा अनुवाद गरेका छौं ।
१ तस्वीरमा परिवर्तन 
ट्रम्प अर्गनाईजेसनमा अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले आफ्नो फोटो हटाएका छन् । आफ्नी छोरीको सहित रहेको उनको फोटो अकेरिकी राष्ट्रपतिमा निर्वाचित भएको झण्डै दुई महिना पछि अर्थात् गत साता मात्रै हटाईएको हो । यसरी हटाउने कामलाई दुई दिन अघि मात्रै तीब्रता दिईएको थियो । उक्त अर्गनाईजेसनले ज्वेलरी, लक्जरियस रियल स्टेट र हेस्टेल तथा गल्फ क्लबहरुमा लगानी गर्ने गरेको छ ।
२ भारतको पुनेमा रहेको ट्रम्प टावरको विषयमा 
ट्रम्पकी छोरी इभान्का ट्रम्प र डोनाल्ड ट्रम्पको फोटो रहेको भारतको पुनेमा रहेको ट्रम्प टावरमा पनि फोटो बदलिएको छ । त्यहाँ अहिले ट्रम्पको फोटो रहेको वेभसाईटमा त्यही टावरको फोटो राखिएको छ । जुन तस्वीरमा हेर्न सक्नुहुनेछ ।
३ सेन्चुरी सिटीमा परिवर्तन 
सेन्चुरी सिटीमा रहेको ट्रम्पको टावरमा पनि केहीदिन यता उनको फोटो हटाईएको छ । उक्त टावरको आधिकारिक वेभसाईटमा लेखिएको ट्रम्प ब्राण्डलाई नाम परिवर्तन गरेर जेएमपी ब्राण्ड बनाईएको छ भने त्यहाँ फोटो केही पनि राखिएको छैन । यो तस्वीर १३ जनवरीमा हटाईएको हो । सोही बेभसाईटमा इभान्का लाईन ज्वेलरी लेखिएकोमा सो नाम पनि परिवर्तन गरेर खाली राखिएको छ ।
४. ट्रम्प टावर मुम्बई
 ट्रम्प टावर मुम्बईमा डोनाल्ड ट्रम्प द मेन अफ द आइएकन शीर्षकमा लेखिएको सन्देशमा शीर्षक हटाईएको छ भने सन्देश पनि परिवर्तन गरिएको छ । यसमा तस्वीर पनि आफ्नो, छोरीको र अन्य दुई सहयोगीहरुको रहेकोमा अहिले टावरको मात्रै राखिएको छ ।
५. ट्रम्प डट कम 
ट्रम्प डट कमको होमपेजमा नै नेक्स्ट जेनेरेसन भनेर आफ्नी छोरीको तस्बीर राखिएको भएपनि अहिले आएर ट्रम्पले त्यो हटाएका छन् । अहिले उक्त साईटको होमपेजमा ट्रम्प टावरको तस्वीर नै राखिएको छ ।
६ ट्रम्प इन्टरनेशनल रियल्टी 
ट्रम्प इन्टरनेशनल रियल्टीमा पनि ट्रम्पले आफ्नो तस्बीर हटाएका छन् । उनले यसको आधिकारिक साईटमा सहयोगीहरुको रुपमा आफ्ना दुई सहयोगीसँगै आफू र आफ्नी छोरीको तस्वीर राखेकोमा अहिले त्यो हटाएर दुई सहयोगीहरु डोनाल्ड ट्रम्प जेआर र इरिक ट्रम्पको मात्रै तस्वीर राखिएको छ ।
यस बाहेक डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि परिवर्तन भएका अन्य साईटहरुको विवरण तस्वीरमा तल प्रस्तुत गरिएको छ ।

– See more at: http://hamrakura.com/news-details/19357/2017-01-20#sthash.IUhOvKSF.dpuf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah