एजेन्सी । भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको एक अस्पतालबाहिर गर्भवती श्रीमतीको स्वास्थ्य जाँच गराउन गएका २४ वर्षीय पेरुमाल्ला प्रणयको हत्या भएको छ ।
डाक्टरलाई भेटेर बाहिर निस्कने क्रममा पछाडिबाट धारिलो हतियारसहित आएका एक व्यक्तिले उनकै श्रीमती अमृताको अगाडि उनीको गर्दन छिनाइदिएका छन ।
प्रणयको घटनास्थलमै मृत्यु भयो । प्रणय र अमृताले यसै वर्षको जनवरी ३१ मा प्रेम विवाह गरेका थिए । यो विवाहबाट दुवै जनाका परिवार सन्तुष्ट थिएनन् । तर प्रणयको परिवारले भने केही समयपछि दुवैको विवाहलाई स्वीकारेको थियो । अमृताको परिवार भने विवाहबाट खुसी थिएनन् ।
प्रहरीका अनुसार प्रणयको हत्यापछाडि अमृताको परिवारको हात हुन सक्ने आशंका रहेको छ ।
हत्यारा त्यहाँबाट भाग्न सफल भए पनि सीसीटीभीको सहयोगले उसको पहिचान भएको प्रहरीले जनाएको छ । तर उसको गिरफ्तारी भने भैसकेको छैन ।



