नयाँ दिल्ली, असोज ४ । भारतको मुम्बईबाट जयपुर जाँदै गरेको जेट एयरवेजको एउटा विमानमा अचानक यात्रीहरूको नाक र कानबाट रगत बग्न थालेपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो । विमानभित्र समस्या निकै बढेपछि यात्रुहरूलाई अक्सिजन मास्क लागाउनु परेको बताइएको छ । यात्रुहरूको उपचार भइरहेको र उनीहरूको अवस्था बिस्तारै सामान्य हुँदै गैरहेको बताइएको छ ।

प्राप्त समाचार अनुसार विमान उचाईमा पुगेपछि चालकदलका सदस्यहरूले एयर प्रेसर कम गर्न बिर्सिएका थिए, जसले गर्दा विमानमा सवार यात्रीहरूमा यस्तो समस्या देखिएको थियो ।

 

नीजी क्षेत्रको विमान कम्पनी जेट एयरवेजको ९-डब्ल्यु-६९७ विमान १६६ यात्रु बोकेर राजधानी दिल्लीबाट स्थानीय समय अनुसार ५:५३ मा उडेको थियो । ब भारतीय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विमानको चालकदलका सदस्यहरूलाई जिम्मेवारीमुक्त गरिएको छ ।

 

विमानसेवाले यस्तो गम्भीर मानवीय त्रुटी हुन गएकोमा माफी मागेको बताइएको छ ।

भारतीय वायुसेनाका एक अधिकारीले भएन नाम उल्लेख नगर्ने सर्तमा विमानहरूमा एयरप्रेसर नियन्त्रण स्वचालित हुने गर्दछ । उनले भने,”यो म्यानुअली नियन्त्रण गर्न सकिंदैन । यसको अर्थ यो मानवीय त्रुटी नभएर विमानको प्राविधिक समस्या हुनुपर्दछ ।”

उनी भन्छन्, “विमानहरू १० देखि ११ किलोमिटर माथि उड्ने गर्दछन् । यो उचाईमा हावाको छाप निकै कम हुने गर्दछ जसलाई विआंभित्र कृत्रिम रूपले नियन्त्रित गर्ने गरिन्छ । यदी हावाको चापलाई नियन्त्रण नगरिने हो भने शरीरभित्रको हावाको छाप वातावरणमा भन्दा कम हुने भएकाले नशाहरू फुट्ने र रक्तस्राव हुने गर्दछ ।

विमानले उचाई लिन थालेपछि यात्रुहरूमा यस्तो समस्या देखिएपछि उडानको ४५ मिनेटपछि विमानलाई मुम्बई एयरपोर्टमा नै आपतकालीन अवतरण गराइएको थियो ।

 

उक्त विमानका एक जना यात्रुले ट्विटरमा सेयर गरेको भिडियो…

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah