को थिए फारुक खान ?

आमाको प्यारो, सफलताको दिशामा अघि बढिरहेका २६ वर्षे युवक, ‘स्कूटर चोर’, भारतको मणिपुरको लिचिङको लामो इतिहासमा अर्को एउटा नाम ।

पुलिसका अनुसार फारुख खानलाई पहिला कुनै बन्द कोठामा राखेर यातना दिइयो त्यसपछि स्कूटर चोरीको आरोप लगाइरहेका भीडले गाउँको फुटबल मैदानमा लगेर कुटीकुटी हत्या गरिदिए ।

बुधबार अदालत सामू पाँच अभियुक्तलाई न्यायिक हिरासतमा उपस्थित गराइयो । पुलिसले फारुकको हत्या गर्नका लागि प्रयोग गरिएका ढुङ्गा र लठ्ठी पनि बरामद गरेको दाबी गरेको छ ।

थोरोइजा गाउँबाट, जहाँ लिचिङ भयो, पुसिलले नराम्रोसँग जलाइएको पश्चिम बंगालको नम्बर प्लेटको एउटा कार पनि बरामद गरेको छ जसमा अभियुक्तका अनुसार फारुक र उनीहरुका दुई साथी गाउँमा हो–हल्ला मच्चिएपछि भाग्ने कोसिस गरिरहेका थिए तर गाउँलेले फारुखलाई समात्न सफल भए ।

यसबारे अनुसन्धान गरिरहेकी अतिरिक्त पुलिस अधिक्षक एस हेमन्ताले बीबीसीलाई मणिपुर पुलिस पश्चिम बंगाल पुलिसको मद्दतले बरामद गरिएको कारबारे अनुसन्धान गरिरहेको जानकारी दिइन् ।

फारुकसँग थिएन कारः

फारुखका काका मुजिबुर्रहमान भन्छन्, ‘फारुखले हालै त एउटा रेष्टुरेन्ट सुरु गरेका थिए । साथै उनले फुड प्याकेजिङको व्यापार पनि सुरु गरेका थिए, तर उनीसँग कुनै कार भने थिएन ।’

‘उनी बाहिर बस्न चाहन्थे तर बुवा निकै बिरामी भएको भनेर मैले यसको अनुमती दिइनँ…’ यति भन्दाभन्दै आमा रहमजानको ओठ काँप्न थाल्यो । उनले वाक्य टुङ्ग्याउँन सकिनन् ।

रेष्टुरेन्ट मालिक फारुख अबेर राती घर आउनु कुनै नौलो कुरा थिएन । १२ सेप्टेम्बरमा पनि यस्तै भयो । बिरामी – बुढा आमा बुवा सुते तर बिहानदेखि नै ह्वाट्सएपमा भीड र फारुखका विभिन्न भिडियो सर्कुलेट हुन थाल्यो ।

भाइ फहरान डराएर फारुक र उनका साथीलाई फोन गर्न थाले । यसैबीच फारुखको फोनबाट पुलिसले उनको दाइको दुर्घटना भएको र चाँडै नै इम्फाल मेडिकल कलेज पुग्न आदेश दिए ।

‘म जब त्यहाँ पुगे तब हिजोसम्म जिउँदो मेरो दाइ मुर्दाघरमा थिए,’ कृषि विभागमा काम गर्ने फरहान अहमद भन्छन् ।

पुलिसले जब फारुखको शरिर भेटे तब उनको शरिरमा गहिरो चोटको निशान थियो र टाउको फुटेको थियो । यद्यपी, पोष्ट–मार्टम रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन ।

मुटुरोगी बुवा नसिब अलीले फारुख नै उनको अन्तिम आशा भएको बताए । ‘मैले उसको पढाईको लागि आफ्नो खेत बेचें, ऋण लिएँ, ऊ नै मेरो अन्तिम आशा थियो, ’ चश्माले पनि उनको सुन्निएको आँखा लुकाउन सकेको थिएन ।

उनले यस्तो गर्न सक्दैनन्ः

इम्फाल पश्चिमका पुलिस अधिक्षम योगेशचन्द्र हाओबिजामले बीबीसीलाई पाँचजनालाई पक्राउ गरिसकेको र अन्य ६ जनाको पहिचान भइसकेकाले चाँडै नै पक्राउ गरिने जानकारी दिए ।

पुलिसले स्कूटर चोरीको आरोप र लिचिङको छानबीन सँगै गरिरहेको बताए । यद्यपी, कसैले पनि कानून हातमा लिने अधिकार नभएको भन्दै हत्याको अनुसन्धान आफ्नो प्राथमिकता रहेको पुलिसले जानकारी दिएको छ ।

यता ५०–६० जना महिला धर्नामा बसेर पक्राउ परेका निर्दोष हुन् भन्दै रिहा गर्नुपर्ने माग गरिरहेका छन् ।

धर्नामा बसेकी इशांगथेम रोमा भन्छिन्, ‘चोरी गर्दा कसैलाई पनि इनाम दिइँदैन । उसको पिटाई नै गरिन्छ । अमेरिका होस् वा पाकिस्तान हरेक स्थानमा यस्तै हुन्छ । उनीहरु यहाँ बिहानको तीन बजे के गरिरहेका थिए ?’

त्यसपछि उनी चिच्याउँदै भन्छिन्, ‘सबैलाई भन्नुहोस् कि यदि तपाईंको घरमा चोर आए, तपाईंले आफ्नो हिफाजत गर्नुपर्छ र यदि आवश्यक परे….’ यति भन्दा भन्दै उनी थोरै सम्हालिन्छिन् र थप्छिन्, ‘उसलाई कम्तीमा थप्पड त हान्नै पर्ने हुन्छ ।’

भीडले उनको यो भनाईमा समर्थन जनाउँदै ‘हो..हो’ को नारा लगाउँछन् ।

‘हामी चार वर्ष एउटै घरमा बस्यौं । एउटै टेबलमा सँगै खाना खायौं । सँगै घुम्यौं, डुल्यौं, पार्टी गर्यौं । मलाई लाग्दैन कि उसको स्वभाव यस्तो थियो र उनले यस्तो प्रकारको कुनै काम गर्न सक्छ, ’ बैंगलुरुमा ग्रेजुएशनको दिनमा फारुखका साथ बुद्धि ज्ञान चोरीको आरोपमा यस्तो भन्छन् ।

‘जतिसुकै मुश्किल घडीलाई उनी सामना गर्दथे, यस्तो प्रकारको शर्टकटमा उनको विश्वास थिएन,’ बुद्धि ज्ञानले थपे ।

फैसल मोहम्मद अली/ बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah