सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ ।

सुसारेलाई दिइएको मृत्युदण्डबारे चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकनसमेत गरेको स्थानीय अदालतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरूलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको छ, ‘सुसारेको नियत बीभत्स, अति विद्वेषपूर्ण र खतरनाक देखियो । अपराधको दुस्परिणाम गम्भीर मात्र होइन, सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।’

‘पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरे पनि अपराधको प्रकृति र क्रूरताले उनलाई उन्मुक्ति दिने सम्भावना कमै थियो,’ अदालतको भनाइ छ, ‘प्रमाणहरू यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।’

जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरायसी काम गर्न थालेको बताइएको छ ।