एजेन्सी – भारतको दिल्लीस्थित एक अस्पतालमा भर्ना भएकी बालिकामाथि बलात्कार भएको छ ।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार दिल्लीको रोहिणी सेक्टर १५ स्थित इएसआइसी अस्पतालमा शुक्रबार ११ वर्षे बालिकामाथि बलात्कार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खबरका अनुसार अस्पतालमा सफा गर्ने कर्मचारीले बालिका बलात्कार गरेका हुन् । पुलिसले अभियुक्तलाई पक्राउ गरिसकेको छ ।

अभियुक्तविरुद्ध बलात्कार, अपहरण र पोक्सो एक्टको मुद्धा दर्ता भएको छ । पुलिसका अनुसार स्वास्थ्य खराब भएपछि ती बालिकालाई अस्पतालमा बच्चाको वार्डमा भर्ना गरिएको थियो ।