काठमाडौं, ८ असोज । चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनको समकक्षी मुलुक भारतसँग पनि बिच्किएको छ ।

पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस–४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार भएपछि अमेरिकी प्रशासनले धम्की नै दिएको हो ।

रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसङ्गलाई लक्षित गर्दै ट्रम्प प्रशासनले भारतलाई चेतावनी दिएको छ । ट्रम्प प्रशासनले यदि यस्तो कामलाई भारतले निरन्तरता दिए कार्वाही भोग्न तयार हुनुपर्ने चेतावनी दिएको छ ।

रुसमाथि ब्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अतिमहंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो । विश्वकै धनी र शक्तिशाली मुलुक मानिने अमेरिकाले ब्यापारिक सम्बन्ध चीन, इरान र रुस हुँदै भारतसँग पनि चिसिन थालेको हो ।

ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् । भारतमाथि ट्रम्पको यही आक्रोशको निरन्तरताको रुपमा पछिल्लो धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् ।

साथै यसले भारत–रुस सम्बन्धमा असर पार्न सक्ने आँकलन सञ्चारमाध्यमले गरेका छन् । बलियो ब्यापारिक साझेदारसमेत रहेको अमेरिकाको सूचना प्रविधिको क्षेत्रमा हजारौँ भारतीयले लामो समयदेखि काम गर्दै आएका छन् । नयाँ पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah