बिष्णुप्रसाद पोखरेल
दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिगत तीनदेखि आफ्नो गृहजिल्ला झापामा बिभिन्न योजनाका शिलन्यास र अवलोकनमा ब्यस्त भएपछि यसलाई यहाँ निर्वाचनको तयारीको रुपमा हेरिन थालेको छ । आफ्नो गृह जिल्लामा प्रधानमन्त्री छदा उहाँले अरबौको सयौ योजनामा बजेट छुट्याउनु भएको थियो ।
सरकारले स्थनीयउ निर्वाचनको घोषणाको तयारी गरिरहेको र एकबर्ष भित्रमा तीन तहकै निर्वाचन गराइसक्नु पर्ने संबैधानिक ब्यवस्था रहेकाले पनि अध्यक्ष ओलीले आफ्नो गृह जिल्लामा पकड राख्नका लागि जिल्लाका ग्रामिण क्षेत्रहरुमा समेत गएर बिभिन्न योजनाहरुको शिलन्यास गर्न थाल्नु भएको हो । राजनीतिक र कडा भाषण गर्न छाड्नु भएका ओलीले बिकास निर्माण र सम्बृद्ध समाजको बिषयमा मात्र गर्ने गर्नु भएको छ ।
ओलीले झापामा दूइदिन लगातर गरेर दमक, लखनपुर, बनियानी लगायतका क्षेत्रमा करिब एक अरब लागतका बिभिन्न योजनाहरुको शिलन्यास गर्नु भएको छ । उहाँले पुल सडक र भवनको शिलन्यास गर्नु भएको हो । ओली सहभागि भएका कार्यक्रममा जन सहभागिता समेत उल्लेख्य हुने गरेको पाईएको छ । गृह जिल्लामा रहेका पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो–‘जसले जसरी बुझे पनि म बिकासमा ध्यान दिन्छु र अब बिकासका कामलाई साझा मुद्धा बनाउन सबैलाई आग्रह गर्दछु ।’
ओलीले आफ्ना गृह नगर तथा आफू निर्वाचित भएको झापा क्षेत्र नं. ७ का जनतालाई आफुलाइ साँसद त्यसपछि पार्टी अध्यक्ष र प्रधानमन्त्रीसम्म बनाएको स्मरण गर्दै यसको गुन तिर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । निर्वाचनको क्रममा नै आफूले शिर झुकाउने काम नगर्ने प्रतिबद्धता जनाइसकेको भन्दै आफूले यो अवधिमा यस क्षेत्रका जनताको मात्र नभइ देशको नै शिर उच्च बनाउने काम गरेको पनि बताउनु भयो ।
अन्य राजनीतिक दल र त्यसका नेताहरुको कडा टिप्पणी गर्नु हुने ओलीले झापाका करिब एक दर्जन कार्यक्रमहरुमा कसैप्रति लाञ्छना लगाउनु भएन । कुनै प्रकारका राजनीतिक टिप्पणी समेत नगरेको जनाईएको छ । उहाँले बिकास निर्माणमा नयाँ लहरलाई अघि बढाउन आफू दृढ भएर लागेको भन्दै भन्नुभयो–‘म यस क्षेत्रको बिकास अरुले सिक्ने र अरुलाई सिकाउने गरि गर्नेछु ।’ बुद्धको अग्लो बुद्ध मूर्ति, औधोगिक पार्क, नेपालकै ठूलो ब्यापारिक भ्यू टावर, आर्युबेदीक क्षेत्रिय अस्पताल, अन्तराष्ट्रिय रंगशाला, आकाशेपुल लगायतका योजनाहरु यसैको उपज भएको उहाँको भनाइ थियो ।

नयाँ बिकासको मोडमा आफ्नो क्षेत्रलाई नमुना बनाउने भन्दै ओलीले यसमा साथ दिनका लागि यहाँ रहेका सबै स्थानीय राजनीतिक दलहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–‘बिकासका कुरामा राजनीति नगरौ र तपाइ हामी सबै मिलेर यस क्षेत्रलाई नेपालकै नमुना क्षेत्र बनाएर अरुलाइ हेर्न आउने बनाऔ ।’ बिभिन्न खोलामा आवश्यकता अनुसारको पुलहरु योजनामा परिसकेको र धेरै निर्माणाधिन रहेको भन्दै ओलीले अब यस क्षेत्रका जनता खोलो तर्ने क्रममा बगेर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah