जेनेभा । स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन्। उनको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ। उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामाको घोषणा गरेका छन्।

लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आएका छन् भने उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका छन्। ट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ।

“नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,” ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेका छन्। उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन्। उनले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजिनामाको कुनै सम्बन्ध नभएको यसअघि नै बताएका थिए। स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो।

यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिएका थिए। उनी सन् २०१० मा मन्त्री बनेका थिए। लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजिनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah