तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए ।

हजारौ तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ ।

‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित छ जना प्रहरी अधिकारीहरु मारिएका छन्,” प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए ।

उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे ।

यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए ।

बालिगका अनुसार लडाकूहरुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटनाहरु थप बढ्दै गएका छन् ।
अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ । अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah