काठमाडौं — जापानको एक चिडियाखानामा रहेको दुर्लभ सेतो बाघले चिडियाखाना व्यवस्थापकलाई आक्रमण गरेर मारेको अधिकारीहरूले बताएका छन् ।

उक्त ४० वर्षीय व्यक्ति बाघको पिँजडामा घाँटीबाट रगत बगिरहेको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो र त्यहीँ नै उनको मृत्यु भयो ।

अधिकारीहरूले चिडियाखानामा भएका चारवटा सेता बाघमध्ये एकले उनलाई आक्रमण गरेको विश्वास गरेका छन् ।

उक्त बाघलाई बेहोश बनाउने सुई हानिएको थियो र पछि उद्धारकर्ता तथा प्रहरी घटनास्थलमा आएका थिए ।

सोमवार अबेर भएको आक्रमण कागोशिमा शहरके हिराकावा चिडियाखानामा भएको थियो ।

चिडियाखानाले सेता बाघको कसरी हेरचाह गरिरहेको छ भनी प्रहरीले अनुसन्धान गरिरहेको जापानको क्योदो समाचार संस्थाले लेखेको छ ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah