इन्डोनेशिया, २६ असोज – सामाजिक सञ्जाल प्रयोग गरेर बच्चाको अवैध व्यापार गर्न खोजेको आरोपमा इन्डोनेशियामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एउटा परिवार कल्याण संस्थाको नाममा खोलिएको इन्स्टाग्राम खातामा गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरूको तस्बिर प्रेषित गरिएका थिए।

सुरबायाका प्रहरीका अनुसार ह्वाट्स्यापमार्फत सम्पर्क गर्न भनेर सम्भावित ग्राहकलाई टेलिफोन नम्बर पनि उपलब्ध गराइएको थियो ।

प्रहरीका अनुसार बच्चा बेच्न लागेको एउटा घटना हुन पाएन तर अर्को बेचिएकोे बच्चाको भने खोजी भइरहेको छ ।बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले गत सेप्टेम्बर ५ मा हुन लागेको बच्चा किनबेचको घटना रोक्दै चार जनालाई पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार एउटी २२ वर्षीया महिलाले आफ्नो ११ महिने बच्चा बेच्न खोजेकी थिइन् ।

बच्चा किन्न खोज्ने मानिसले उनलाई एक करोड पचास लाख इन्डोनेशियाली रुपियाँ अर्थात झन्डै ९ सय ८५ डलर, एउटा मध्यस्थकर्तालाई ५० लाख रुपियाँ र सो इन्स्टाग्राम खाता सञ्चालक भनिएका एक व्यक्तिलाई २५ लाख रुपियाँ दिनुपर्ने थियो ।

सो कारोबारमा संलग्न भएका भनिएका चारै जनालाई पक्राउ गरिएको र बालसंरक्षण कानुन उल्लङ्घनको अभियोगमा उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।
सुरबायाका प्रमुख गुप्तचर अधिकारीका अनुशार एउटा स्थानीय सञ्चारमाध्यमलाई धर्मसन्तान पाल्ने इच्छा भएका व्यक्तिले त्यो खातामार्फत सो समूहलाई सम्पर्क गर्ने र ह्वाट्स्यापबाट लेनदेनको सहमति हुने गरेको बताएको छ

सो समूहले इन्स्टाग्राममा आफूलाई पारिवारिक समस्या समाधान गर्न सेवा प्रदान गर्ने संस्थाका रूपमा चिनाएको डेटिक न्यूज वेब्साइटले जनाएको छ ।

सात सय फलोअर रहेको सो खातामा अनुहार धमिलो बनाइएका बच्चाका तस्बिरसँगै तीनको उमेर, स्थान र धर्मबारे जानकारी राखिएको छ ।

बच्चा लेनदेनका लागि दुई पक्षबीच भएको भन्ठानिएको सम्वादका तस्बिर पनि प्रेषित गरिएको छ । एउटा तस्बिरमा एउटी महिलाले आफू सात महिनादेखि गर्भवती रहेको तर परिवारले यसबारे थाहा नपाहोस् भन्न्े चाहेकोे बेहोराको सम्वाद पनि त्यहाँ देखिन्छ ।

त्यसैगरी अर्को पोस्टमा एउटी गर्भवती महिलाको तस्बिर र ठेगाना दिएर बच्चा पाल्न इच्छुक व्यक्तिले उनीसँग सम्पर्क गर्न भनिएको छ ।

इन्डोनिशियाको बालसंरक्षण आयोगकी उपाध्यक्ष रिता प्रानवतीका अनुशार कम उमेरमै यौनव्यवसायमा लगाउन पनि बच्चा पाल्ने गरिएको हुनसक्ने बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah