दमक/झापाको दमक वडा नं. १ मा पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानको भवन निर्माणको काम शुरु भएको छ । जनयुद्धकालमा तत्कालीन राज्यद्वारा वेपत्ता वनाइएका दुई योद्धा पुष्प र धीरेन्द्रको नाममा स्थापित प्रतिष्ठानले आफ्नो भवन निर्माण कार्य अघि वढाएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत शंकरे बताएकाछन्।
यहाँ जनयुद्धमा ज्यान गुमाएका, बेपत्ता भएका, घाइते अपाँगहरुको परिवारका बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्न शिक्षालयसमेत स्थपना हुने अध्यक्ष बस्नेतले जनाए । कम्तिमा पनि अहिले ५ करोड लागत लाग्ने अनुमान रहेको उनले बताए ।
यसले कम्तिमा पनि १ नम्बर प्रदेशमा ज्यान गुमाउने तथा बेपत्ता भएका नागरिकहरुको परिचय झल्कने खालका संग्राहलय बनाउने उदेश्य समेत रहेको बस्नेतको भनाइ रहेको छ । एक बर्ष अघि औपचारिक रुपमा दर्ता भएको प्रतिष्ठानले दमकमा रक्तदान लगायतका बिभिन्न रचानत्मक काम गर्दै आएको छ । 



