दमक/झापा कमल गाँउपालिकाकी अस्मिता अधिकारीलाइ नेपाल आइडल २ को बिजेता बनाउनका लागि गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले आग्रह गरेकीछन् । कमल नगर जेसिजले आयोजना गरेका शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा उनले यस्तो आग्रह गरेकीहुन् ।
वडाध्यक्ष समेत रहेका कमलनगर जेसिजका अध्यक्ष केदार कट्वालले जेसिजले सकेको सहयोग गर्ने जनाए । उनले अधिकारीलाइ शुभकामना दिदै सफल हुनेमा विश्वस्थ रहेको बताएका थिए ।
झापाली चेली कमल नगरकी छोरीलाइ जिताउन आफुहरुले अभियान नै शुरु गरेको कमलनगर जेसिजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले बताएकाछन् ।




