बडादसैं २०७५ को टिका ग्रहण गर्न शुभेच्छुक तथा सर्वसाधारण निर्मल निवासको मुख्य ढोकातर्फ नजर डुलाइरहेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको हातबाट टिका थाप्न दिउँसो १ बजेदेखि नै निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणको भीड लागेको थियो। नजिकका शुभेच्छुक तथा प्रेसलाई छेऊको सानो गेटबाट भित्र छिराइएको थियो। अर्कोपट्टि सर्वसाधारण लाइन बसेका थिए।

टिकाका लागि साढे तीन बजे निर्मल निवासको ढोका खुल्ने जानकारी पूर्वराजाको सचिवालयले दिएको थियो।

शुक्रबार तीन बजेर दुई मिनेट जाँदै गर्दा निर्मल निवासको मुख्य ढोका अचानक खुल्यो। कोही पनि शुभेच्छुको गाडी छिर्न नदिइएको परिप्रेक्ष्यमा कसैको गाडी देख्दा टिका थाप्न पुगेकाहरू आश्चर्यमा परे।

गेट खुल्नसाथ ड्राइभरको सिटमा धमिलो सिसापछाडि पूर्वयुवराज पारस शाह देखिए। मधुरो दृश्यमा सुरूमा त पारसलाई शुभेच्छुकले पनि राम्रोसँग खुट्याउन सकेनन्।

पारसले हाँकेको बा.१४च. २१३१ गाडीको रफ्तार तीब्र थियो। लाग्छ, पारसलाई अत्यधिक व्यस्तता छ। अगाडिको सिटमा पारसको साथमा ‘कोही’ थियो। सम्भवत्ः राजपरिवारकै सदस्य।

निर्मल निवासको मुख्य ढोकासम्म पारस पुगे। त्यो ‘कसैलाई’ छोडे। र, गाडी ब्याक गरे।

शुभेच्छुकको भीड छिचोल्दै पारस चढेको गाडी।

निवासको देब्रे सडकबाट फर्किएका पारसको गाडीको गति बीचमा कम भयो। शुभेच्छुकको भीड छिचोल्न पारसले एकपटक हर्न बजाए। बाटो छिनमै खाली भयो।

यतिबेला पारसलाई शुभेच्छुकले ठम्याएका थिए।

नारा लाग्यो, ‘पारस सरकारको जय होस्।’

साढे ३ बजे पूर्वराज-रानी टिका लगाइदिन निस्के।

अचानक आएर मिनेटमै हराएका पारस फेरि देखिएनन्।

बाबु-आमासँग राम्रो सम्बन्ध नरहेका पारसका लागि अहिलेसम्म निर्मल निवासको ढोका खुलेको जानकारी छैन। शुक्रबार पनि पारसका लागि ढोका खुलेन। उनको साथमा आएका ‘व्यक्ति’का लागि मात्र ढोका खुलेको अनुमान गरिएको छ।

पूर्वराजाको निजी सचिवालयले पारसको ‘रहस्यमय’ आगमनबारे बताउन मानेन। र, पारसका साथमा निर्मल निवास छिरेका ती ‘व्यक्ति’ को थिए पनि रहस्यमै रह्यो।

‘पारस सरकार आउनुभएको मैले देखिनँ, यस्तो कुरामा सोधीखोजी गर्न मिल्दैन,’ पूर्वराजाका सहयोगी फणिराज पाठकले सेतोपाटीसँग भने।

झन्डै चार वर्षअघि पूर्वराजा हृदयाघात भई उपचारपछि नर्भिक अस्पतालबाट बाहिरिँदा पारस उनीसँगै देखिएका थिए। त्यसयता केही समयअघि पारस गोरखामा विद्यालय उद्घाटन गर्न पूर्वरानी कोमल र श्रीमती हिमानीसँगै देखिएका थिए।

पछिल्लो समय पारस र निर्मल निवासबीच सम्बन्धको दूरी घटेको अनुमान गरिएको छ। तर, पारस बाबु ज्ञानेन्द्रसँग सार्वजनिक समारोह वा औपचारिक रुपमा देखिँदैनन्। पारसको ‘रवाफिलो’ स्वभाव पहिलेभन्दा सुध्रिए पनि ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध बन्न नसकेको स्रोत बताउँछ।

पूर्वराजा शाह फूलपातीको अघिल्लो दिनमात्र नेपाल फर्केका थिए। एक महिना लामो समय बैंकक बसेर दसैं मनाउन शाह नेपाल फर्किएका थिए।

शुक्रबार पहिलेका दसैंभन्दा शुभेच्छुकको भीड बाक्लो देख्दा शाह प्रशन्न देखिन्थे। राप्रपा अध्यक्ष कमल थापा टिका ग्रहण गर्न निर्मल निवास पुगेका थिए।

पूर्वपञ्च, सेना तथा प्रहरीका पूर्वअधिकारीहरू लगायत टिका थाप्न पुगेका थिए। पाका बृद्धबृद्धा पूर्वराजा-रानीको हातबाट टिका लगाउन गएका थिए।

पूर्वराजाले बृद्धबृद्धा कुराकानी समेत गरे। बृद्धबृद्धा अगाडि देखेपछि पूर्वराजा आफैं कुराकानी गर्न अग्रसर भएका थिए।

सेतो पाटि बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah