प्रहरीले काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरे पछि उनीहरूको रातोपुलमा नक्कली नोट बनाउने कारखाना फेला परेको हो।

उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले सेतोपाटीलाई जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोटसमेत बरामद गरेको छ।

शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो।

उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो । यसैबीच प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्दैछ।सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah