ताइपेइ, कार्तिक ४ । ताइवानमा एउटा यात्रुवाहक रेल पटरीबाट बाहिर गएर भएको दुर्घटनामा २२ जनाको ज्यान गएकाे छ। ताइवानको रेल विभागले दिएको अनुसार यस घटनामा १ सय ७० भन्दा बढी मानिस घाइते भएका छन् । घटनाको अन्तिम तथ्याङ्क भने अझै प्राप्त हुन सकेको छैन।

एएफपीका अनुसार यस दुर्घटनामा पाँच डिब्बा पटरीबाट उत्रिएका थिए। समाचारहरूमा तीव्र गतिमा आइरहेको पुयामा एक्सप्रेस ट्रेन पटरीबाट उत्रिएको बताइएको छ। रेलको गति अत्यधिक भएकाले रेलका डिब्बाहरू पटरीबाट टाढा हुत्तिएको बताइएको छ।

ताइवानी अधिकारीहरूका अनुसार उक्त दुर्घटना आइतबार साँझ ४:५० भएको थियो र राष्ट्रिय दमकल विभागले दिएको जानकारी अनुसार उक्त डिब्बाहरूमा ३ सय १० यात्रु रहेका थिए।

उक्त रेल ताइचुङको साउथर्न सिटी जाँदैथियो। बिजनेस स्ट्याण्डर्डले जनाए अनुसार घाइतेहरूलाई चार अलग अलग अस्पतालहरूमा गरिएको छ र मर्नेहरूमा धेरैको मृत्यु हृदयगति रोकिएर हुन गएको बताइएको छ।

ताइवानको सरकारले आफ्नो पहिलो प्राथमिकता घाइतेहरूलाई स्तरीय उपचार गराउनु रहेको बताएको छ। उद्वारकार्यका लागि विशेषज्ञ टोलीहरू घटनास्थलमा पुगिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah