एजेन्सी। केही समय अगाडि एउटा इन्स्टाग्राम पेजमा एउटा फोटो शेयर भएको छ जसमा लेखिएको थियो–उत्तर कोरियामा पोर्न फिल्म हेर्दै गरेको अवस्थामा पक्राउ परिए पोर्न फिल्म हेर्ने र बनाउने दुवैलाई मृत्युदण्डको सजाय दिइन्छ।’ र, यो समाचार सत्य हो। विश्वमा केही यस्ता पनि देश छन् जसको कानुन विचित्रको छ। र ती देशका नागरिकले उक्त कानुनको पालना गर्दै पर्ने हुन्छ। त्यस्तै मध्येको एक देश हो उत्तर कोरिया। जसलाई विश्वको रहस्यमय देश पनि भनिन्छ। यो देशमा यस्ता केही विचित्रका कानुन पनि छन्, जसका विषयमा तपाइँ सोच्न पनि सक्नुहुन्न।
उत्तर कोरियामा पोर्न फिल्म हेर्न पाइँदैन। यदि पोर्न फिल्म हेर्दैगर्दा केही व्यक्ति पक्राउ पर्यो भने उसलाई मृत्युदण्डको सजाय दिइन्छ। मिडियो रिपोर्टसका अनुसार उत्तर कोरियामा पोर्न फिल्म हेर्नु, बनाउनु वा पोर्न फिल्मको कोलाबजारी गर्नेलाई मृत्युदण्ड दिइन्छ। उक्त कानुन उत्तर कोरियका नेता किम जोङ उनले बनाएको बताइन्छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कयौं मानिसलाइ पोर्नोग्राफीका मामिलामा मृत्युदडको सजायसमेत दिइसकिएको छ।

अर्को अचम्मको कुरा के छ भने उत्तर कोरियामा कसैले पनि जिन्स लगाउन पाउँदैनन्। उत्तर कोरियाली सरकारले जिन्स लगाउन प्रतिबन्ध लगाएको छ। यदि कसैले जिन्स लगायो भने उसलाई कडा सजाय दिइन्छ। उत्तर कोरियामा भिकारीको फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ। भिखारीको फोटो खिच्यो भने सरकारको छवि खराब हुने डरले यस्तो निर्णय गरिएको हो।



