काठमाडौं, ७ कात्तिक । पछिल्लो समय नेपालमा धनी हुनेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । केही समयअघि अमेरिकी प्रसिद्ध फोब्र्स पत्रिकाले नेपालका बिलिनियर्स (अर्बपति) को संख्या सार्वजनिक गरेको थियो । जसमा १० जना नेपाली रहेको उल्लेख गरिएको थियो । तर, सो प्रतिवेदन अपूरो रहेको भन्दै खण्डनसमेत भएको थियो ।
नेपालमा अहिलेसम्म आधिकारिक रूपमा विनोद चौधरी र अस्टे«ेलिया बस्ने गैरआवासीय नेपाली शेष घलेको मात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । फोब्र्सको सूचीमा सूचीकृत चौधरीसँग एक अर्ब ५० करोड र शेष घलेसँग ८७ करोड ६० लाख अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
अर्बपति धेरै नभए पनि करोडपति नेपालीको संख्या भने कति होला भन्ने सबैतिर चासो भइरहेका बेला स्विटजरल्यान्डमा कार्यालय रहेको वित्तीय सेवा दिने कम्पनी क्रेडिट सुइसको प्रतिवेदनअनुसार नेपालमा करोडपतिको संख्या १७ हजार १५० रहेको देखिन्छ ।
एक लाख अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलरसम्म सम्पत्ति भएका नेपाली वयस्कको संख्या ०.१ प्रतिशत छ । रिपोर्टमा उल्लेख भएको वयस्कको जनसंख्याको आधारमा यो संख्या भनेको १७ हजार १५० हो ।
आजको विनिमय दरअनुसार एक अमेरिकी डलरको मूल्य १९ रुपैयाँ छ । रिपोर्टले एक लाख अमेरिकी डलरदेखि १० लाख अमेरिकी डलर सम्पत्ति हुने वयस्कको संख्या १७ हजार १५० भनेको छ । यस आधारमा नेपालमा नेपाली रुपैयाँमा करोडपतिको संख्या १७ हजार १५० जना देखिन्छ ।
क्रेडिट सुइसले जारी गरेको ‘ग्लोबल वेल्थ रिपोर्ट २०१८’ अनुसार नेपालीसँग ३५ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको भनेको छ । प्रतिवेदनमा एक वर्षको अवधिमा नेपालीको सम्पत्ति तीन अर्ब डलरले बढेको देखिएको छ । सन् २०१७ को प्रतिवेदनमा नेपालीसँग ३२ अर्ब अमेरिकी डलर सम्पत्ति भएको देखाइएको थियो ।
रिपोर्टले नेपालमा दुई करोड ९४ लाख जनसंख्या रहेको र त्यसमा वयस्कको जनसंख्या एक करोड ७१ लाख १५० रहेको भनिएको छ । देशअनुसार १८ वर्षदेखि ६५ वर्षसम्मको उमेर समूहलाई वयस्क मान्ने गरिन्छ ।
मिडिया एनपी बाट



