झापा शिवसताक्षी दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक खण्ड अन्तर्गत दूधे बजारदेखि ५ सय मिटर सडक क्षेत्र स्थानीयबासीले बिहिबार बिहानदेखि अनिश्चितकालिन बन्द गराएका छन् ।

उनीहरुले ठेकेदारले समयमै बाटो सम्पन्न नगरेको कारण स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि सडक बन्द गर्नुपरेको बताएका हुन् । हात्ती आयो हात्ती फुस्सा भने झैं सडक निर्माण कम्पनीले काम शुरु गर्दै छोड्दै गरेकाले आजित बनेका बजारबासीले निर्माण कार्य सुरु नगरे बाटो नखोल्ने चेतावनी दिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार दशैंको केही दिन अघि मात्र स्वास्थ्यलाई प्रतिकुल असर पर्ने सिमेन्ट सडकभित्र लगाउँदा धुलोले स्वास्थ्यमा असर पर्न थालेको हो । स्थानीय अनिल खरेल भन्छन् ः सडक निर्माण कार्य अधुरो हुँदा यो धुलोले गर्दा प्रत्येक घरका प्रायः सबैले एन्टीबायोटिक लिनुपर्ने औषधी आइसकेको छ । त्यस्तै बजारबासीलाई धुलोको कारण स्वास्थ्यमा समस्या आउन थालेपछि बाटो बन्द गराउन बाध्य भएको स्थानीय सन्तोष नेम्वाङ्गले बताए ।

यता एक मिठाई व्यवसायीले थपे ः यसपालिको दशैंमा भने जस्तो व्यापार हुन सकेन । धुलोले गर्दा न त मिठाई पकाउन नै सकियो, बेच्न त परै जाओस् । बिहानदेखि नै मुख्य राजमार्गदेखि नै बाटोमा मटरद्वारा पानी हालिएन भने १ घण्टा भित्रै सेतै भइन्छ । बाटोमा पानी हाल्नु कि बेच्नु ?
त्यस्तै अर्का व्यवसायी शिव भट्टराई भन्छन् ः पसलमा बेच्न त के उभिन समेत सकिदैंन यो धुलोले ।

उनले सडकको काम तत्काल सुरु गर्नुपर्ने, नभए कुन मितिमा निर्माण कार्य पुरा गर्ने हो त्यसको ग्यारन्टी हुनुपर्ने बजार बासीको माग भएको बताए । तत्काल कालो पत्रे गर्न कुनै प्राविधिक कठिनाई भए अवस्था हेरेर दिनको ३ देखि ४ पटकसम्म सडक पानी हाल्ने व्यवस्था मिलाउनु पर्ने भट्टराईको भनाई छ ।

सडक निर्माणको ठेक्का लिएका युवराज डाँगी भने सडक ३ मिटर ७५ सेन्टिमिटर कालो पत्रे गर्ने ठेक्का सम्झौता भएपनि बजार क्षेत्रभित्र सडकको पुरै भाग कालोपत्रे गर्ने बजारबासीको दवाव पछि काम रोकिएको बताउँछन् । उनले सडकको पुरैभाग कालो पत्रे गर्ने कामका लागि सम्वन्धि निकायबाट आषाढ २९ गतेमात्र स्वीकृत लिएको जानकारी दिए ।

जिल्ला प्राविधिका कार्यालय बजेट भुक्तानीको ग्यारन्टी नलिँदा काम ढिलो भएको हो । सम्भव भएसम्म आइतबारबाट काम सुरु गर्ने ठेक्केदार डाँगीले जानकारी दिए ।

दूधे–शिवगञ्ज ९ किमि सडक निर्माणका लागि ¥याप थ्री कन्स्ट्रक्सन कम्पनीले २०७२ सालमा ठेक्का लिएको हो ।

८ करोड ५६ लाख ९४ हजार ६९० रुपैयाँमा ठेक्का लिएको सूचना बोर्डमा उल्लेख गरिएको भएता पनि उक्त सूचना बोर्डको फ्लेक्स समेत निर्माण कम्पनीका कामदार च्यातेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । ¥यापथ्री कन्स्ट्रक्सन कम्पनीले निलगिरी कन्स्ट्रक्सन कम्पनीलाई फेरि ठेक्का दिएको बताइएको छ ।

उक्त सडकखण्डबाट दैनिक २० वटा रुट परमिट लिएका बसहरु, १ सयको हाराहारीमा ट्याम्पो तथा सफारी, २० भन्दा बढी मारुती भेनहरु गुड्छन् भने अन्य क्षेत्रबाट आउने सवारीसाधनको कुनै लेखाजाखा नै छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah