काठमाडौं, कार्तिक १० । सत्तासीन नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजारलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ’, महासचिव विष्णु पौडेलले भने, ‘नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्न यसपटक पनि हाम्रो पार्टीले चाडपर्वका उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपरान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका नामबाट निमन्त्रणा–पत्र पठाइएको महासचिव पौडेलले जानकारी दिए । अन्नपूर्ण पोष्टमा खबर छ ।