काठमाडौं, १४ माघ । नेपालकी अल्ट्रा म्याराथन धावक मिरा राईले नेसनल जोग्राफिक टेलिभिजनको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवार्ड जितेकी छिन् । विश्वका नौजना साहसिक व्यक्तिलाई अनलाइन भोटिङमापछि पार्दै अल्ट्रा म्याराथन धावका मीराले अवार्ड हात पारेको नेसनल ज्योग्राफिकले जनाएको छ ।

नेपाली धाविका मीरासँगै यो प्रतिस्पर्धाका लागि १० जना मनोनयनमा परेका थिए । गत १७ वर्षदेखि सञ्चालन हुँदै आएको साहसिक प्रतिस्पर्धामा अन्वेषण, संरक्षण तथा मानवीय क्षेत्रका उत्कृष्ट काम र साहसिक खेलमा सहभागी व्यक्तिको नाम छनोट गर्ने गरिन्छ ।

मीरा गत वर्षमात्र फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो भएकी थिइन् । गएको वर्ष हङकङ भएको आइल्यान्ड ट्रेल रेस पनि मिराले जितिन् । नेपालको पहाडतिर हिँडिरहकी हुन्थिन्,’ नेसनल जियोग्राफिकले भनेको छ, ‘तर उनी एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।’

बाह्र वर्षदेखि दिँइदै आएको यो अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनोट गरिने जियोग्राफिकले जनाएको छ । भोजपुरमा जन्मिएर १४ वर्षकी हुँदै माओवादी लडाकु बनेकी मिरा सेना समायोजनका बेला अयोग्य घोषित भएपछि अल्ट्राधाविका बनेकी हुन् ।

सन् २०१३ मा ५० मिलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि मिराको जीवनले नयाँ मोड लिएको थियो । १२ वर्षको उमेरमा विद्यालय छाडेकी मिराको यो साहस असाधारण भएको भन्दै नेसनल जियोग्राफिक एक भिडियो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah