काठमाडौ । लेखक तथा विश्लेषकहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजनेताको संज्ञा दिएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा प्रसिद्ध लेख तथा विश्लेषकहरुले ओली वीपी कोईरालापछीकै चर्चित र राष्ट्रवादी प्रधानमन्त्री भएको बताए । ओलीका विषयमा लेखिएको ‘प्रधानमन्त्री हुँदा’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रसिद्ध विश्लेषक सौरभले ओलीले भारतसंग टक्कर लिएर देशको शीर उँचो बनाएको बताए । उनले भने ‘जुन दिन ओलीले तेह्रथुममा तीसौं वर्षअघि बेचेको घर पुनः किनेको समाचार पढेँ, त्यही दिनदेखि लाग्यो,यो नेताले देशको माटोलाई माया गर्छ । जुन दिन उनले मोदीसँग टक्कर लिए,त्यसपछि लाग्यो यो नेताले देशभक्तिको रक्षा गर्छ । सौरभले अब एमालेले स्वीप गर्ने गर्ने चुनाव जीतेपनि ओली प्रधानमन्त्री बन्न नसक्ने बताए । यस्तै अर्का वरिष्ठ पत्रकार विजयकुमारले वीपी, मनमोहन र कृष्णप्रसादपछी ओलीनै आफ्ना लागि माननीय भएको बताए । उनले ओलीलाई एमालेको मात्र नभएर देशकै नेता भएकोले छाती फराकिलो बनाउन आग्रह समेत गरे । अर्का वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले देशभक्तीलाई ब्युझाएको भन्दै ओलीको प्रशंसा गरे । भण्डारीले भने ‘आज गर्व गर्न मन लागेको छ,नेपालले अोली जस्ता राजनेता पाएको छ । जसले स्वभाभिमानको झण्डा उचाल्यो ।’
ओली राजनेता भएको बिश्लेषकहरुको भनाइ
सवाल नेपालसंवाददाताशुक्रबार, १२ माघ २०७३

ओली राजनेता भएको बिश्लेषकहरुको भनाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



