काठमाण्डु, १२ कात्तिक – अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको नेताहरुसँग बताएका छन् । ओलीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललार्इ प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीको स्थिति बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले ‘म ठिक छुु’ भनेको बताए । अस्वस्थ्य प्रधानमन्त्रीलार्इ भेट्न नेता नेपालसँगै अन्य नेता कार्यकर्ता अस्पताल पुगेका छन् ।
ओली सोमबार बिहान ४ बजेदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले भर्ना भएका छन् । उनको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको छ ।
अस्पतालका अनुसार यसबाहेक प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ ।काठमण्डुटुडेबाट



