दमक/इलाका प्रशासन कार्यालय गौरीगन्जमा स्थपनाकालदेखि नै कार्यालय प्रमुख रहेर काम गरेका यज्ञप्रसाद आचार्य (पृथ्बी शर्मा) यहाँबाट बिदा भएकाछन् । २ बर्ष र ७ महिना (स्थापना कालदेखि)को बसाई पछि आज इलाका प्रशासन कार्यालय गौरिगन्जबाट उनि बिदाइ भएकाहुन् ।
उनले इलाका प्रशासन कार्यालयलाइ जग्गा जुटाउने काम समेत गरेदिएकाछन् । उनी जिल्ला प्रशासन कार्यालय झापामा गएकाछन् । आचार्य निजामती सेवामा प्रवेस गरेको ३० बर्ष पुगेको छ । उनले गौरीगन्जबाट बिदा भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकाछन्-
२ बर्ष र ७ महिना ( स्थापना कालदेखि ) को बसाई पछि आज इलाका प्रशासन कार्यालय गौरिगन्जबाट बिदाइ भएको छु । मलाइ गौरिगन्ज र गौरादहका आदरणिय राजनैतिक दलका नेतागण, सुरक्षा निकाय, मेरा सहकर्मी पृय मित्रहरु,अनि मलाइ अघाद माया गर्ने स्थानिय सेवाग्राही आमा बुबा दाजु भाइ दिदी बहिनी अनि हाम्रो कामलाइ जनता सम्म पुर्याउन पुलको काम गरि सहयोग गरि दिनु हुने सञ्चारकर्मी साथिहरुको न्यानो माया लिएर नया कार्यस्थल तिर जांदैछु । हजुरहरुको साथ सहयोग प्रती आभारी बन्दै सदैब यहाहरुको सेवा गर्ने अवसरको प्रतीक्षा र प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।साथै मेरा स्थानमा पद ग्रहण गर्नु हुने मेरा अनन्य मित्र चुडाराज भट्टराई ज्युलाई नया कार्यकालको सफलताको शुभकामना दिन चाहान्छु ।




