कतार– नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनौट, स्वास्थ्य परीक्षण र वीमा लगायत एकीकृत सेवा प्रदान गरिने छ ।

कतारको भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इशा बिन साद अल जफाली अल नुआइमी बीच यस विषयमा छलफल भएको छ । कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताउनु भएको छ ।

मन्त्री ज्ञवालीका अनुसार आजै नेपाल र कतारका राष्ट्राध्यक्षहरूको बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा समेत सकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिटै समाधान हुनेछन्।
हाल कतारमा ४ लाख भन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।

– राससका लागि कतारबाट दीपेन्द्र अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah