काठमाडौं । पाकिस्तानको एक निजी विद्यालयका प्रिन्सिपललाई स्थानीय अदालतले बालबालिकाहरुमाथि यौन दुर्व्यवहारको मामिलामा १०५ वर्षको जेल सजाय सुनाएको छ ।

अताउल्लाह मारवात नाम गरेका प्रिन्सिपलले गुप्त क्यामेरा लगाई बालबालिकाहरुमाथिको दुर्व्यवहारको भिडियो बनाई सार्वजनिक गर्ने गरेका थिए । उनलाई प्रहरीले पेशावर सहरबाट पक्राउ गरेको हो ।

एक छात्रले दिएको बयानको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि २०१७ को जुलाई १४ मा अदालतमा मुद्दा दायर भएको थियो । मारतव विद्यालयका मालिक पनि हुन् ।

अदालतले उनलाई बालबालिकामाथि दुर्व्यवहार, पोर्नोग्राफी, बलात्कार, अवैध सम्बन्ध लगायतका मुद्दामा कूल १०५ वर्षको सजाय सुनाएको हो ।

मारवातलाई यसका साथै १४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । पीडकले अदालतमा दिएको बयानमा आफ्नो यौन गतिविधिको भिडियो बनाउनु आफ्नो शोख रहेको बताएका थिए ।

उनले उक्त भिडियोहरु आफ्नो कम्प्युटरमा राखेका थिए । प्रहरीले उनको निजी कम्प्यटर, मेमोरी कार्ड र यूएसबी पनि बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah