भारतकी पहिलो र अहिलेसम्मकी एक मात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धीलाई धेरैले ‘आइरन लेडी’ पनि भन्ने गर्छन् ।

राजनीतिक रुपमा अडान राख्न सक्ने र कठोर निर्णय लिन सक्ने उनको विशेष गुण थियो । पूरै विश्वलाई प्रभावित गर्ने गरी उनकै पालामा पाकिस्तानलाई टुक्रा पारेर बंगलादेश बन्यो भने स्वतन्त्र राज्य सिक्किम भारतको एक प्रदेश बन्यो ।

भारतीय राजनीतिमा इन्दिरा प्रसंशाको पात्र बन्ने गरेकी छन् । तर एक कितावको च्याप्टरमा उल्लेखित उनका निजी जीवनका केही गोप्य कुराले भने अहिले चर्चा पाएको छ ।

प्रसंग हो एम ओ मथाईले लेखेको पुस्तक ‘रेमिनेन्सेन्सस अफ त नेहरु एज’मा समावेश एक च्याप्टरको । मथाई इन्दिराका पिता तथा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका निजी सचिव थिए । १९४६ देखि १९५९ सम्म नेहरुको साथमा रहेर मथाईले सहयोग गरेका थिए ।

नेहरुका सहयोगी रहेका मथाईले इन्दिरासँग आफ्नो अति नै निकट सम्बन्ध रहेको पुस्तकमा उल्लेख गरेका छन् । आफ्नो पुस्तकको ‘सी’ च्याप्टरमा उनले इन्दिरा गान्धीसँग आफ्नो यौन सम्बन्ध रहेको भनेर लेखेका छन् ।

नेहरु परिवारप्रति मथाईले अगाध श्रद्धा भएको उल्लेख गरेका छन् । साथै उनले नेहरु परिवारका सदस्यहरुको भित्री कुरा पनि लेखेका छन् ।

उनले पुस्तकमा यौनको मामला नेहरु पनि कम नभएको लेखेका छन् । नेहरुको सम्बन्ध एडविना, पद्मजा नायडु, मृदुला सराभाइ र अन्य महिलाहरुसँग रहेको पुस्तकमा लेखिएको छ ।

मथाईले लेखेका छन्, ‘नेहरु यी महिलाहरुसँग धेरै व्यस्त हुँदा देश नै भूल्थे । जसका कारण १९६२ मा भारत र चीन बीच भएको युद्ध चीनको पक्षमा गयो ।’

मथाईले १२ वर्षसम्म आफू र इन्दिराबीच यौन सम्बन्ध रहेको लेखेका छन् । साथै त्यो क्रममा एक पटक उनी गर्भवती भएको लेखेका छन् । त्यो गर्भलाई पतन गराइयो । एक पटक इन्दिराले भनिन कि म तिमीसँग रातभर सुत्न चाहन्छु । मथाईले त्यसबेला उनलाई जवाफ फर्काएका थिए, ‘मलाई यस्तो अनुभव छैन ।’ त्यसपछि इन्दिराले मथाईलाई डा. अब्राहमको स्टोन एबाउट सेक्स र फिमेल एनाटोमी भन्ने दुई किताब दिइन् ।

मथाईले लेखेका छन्, इन्दिरा गान्धी सबैभन्दा बढी त ओछ्यान मै खुल्थिन् । उनलाई फ्रान्सेली कलात्मक सेक्स मन पर्थ्यो । र उनलाई त्यो भन्दा पनि लामो बेरसम्म ‘टङ किस’ मन पर्थ्यो । एकदिन इन्दिराका योगा शिक्षक धीरेन्द्र ब्रम्हचारीसँग उनी रासलिल मच्चाउँदै गरेको अवस्थामा फेला परिन् । त्यसपछि मथाईले भने कि म तपाईलाई केही कुरा भन्न आएको थिएँ । तर भैहाल्यो, पछि भन्ने छु ।

मथाईले पुस्तकमा भनेका छन्, इन्दिरालाई कुनै एक पुरुषबाट यौन प्यास मेटिन्न थियो । जसका कारण उनी फरक फरक पुरुषसँग रमाउने गर्थिन । धीरेन्द्र ब्रम्हचारीसँगको सम्बन्ध देखेपछि मथाईले इन्दिरासँग सम्बन्ध तोडे ।

स्मरण रहोस्, इन्दिराको विवाह सन् १९४२ मेमा मुम्बईका फिरोज गान्धीसँग भएको थियो । फिरोजको थर गान्धी भए पनि महात्मा गान्धीसँगको उनको खानदानको कुनै सम्बन्ध थिएन् ।

इन्दिराका दुई छोरा भए, राजीव गान्धी र संजय गान्धी । कान्छा छोरा सन्जयको विमान दुर्घटनामा परेर मृत्यु भयो । राजीव गान्धी पछि भारतका प्रधानमन्त्री बने । तर उनको पनि एक आत्मघाती आक्रमणमा हत्या गरियो ।

आजको दिन भएको थियो इन्दिरा गान्धीको हत्या

आज अक्टोर ३१ । सन् १९८४ मा आजकै दिन तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको गोली हानी हत्या गरिएको थियो ।

सुरक्षामा खटिएका दुईजना अङ्गरक्षकले नै गोली हानेर इन्दिराको हत्या गरेका थिए । इन्दिराको गोली हानी हत्या गरिएपछि वंश निरन्तराजस्तै उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइएको थियो ।

३१ अक्टोर १९८४ विहान करिब ९ बजे गान्धी दिल्लीको सफदरजंग रोडस्थित आफ्नो निवासबाट बाहिर निस्किइन् । उनलाई त्यतिबेला अकबर रोड जानु थियो । जहाँ उनको कार्यालय थियो । त्यतिबेला उनलाई चर्चित अभिनेता तथा लेखक पीटर उस्तिनोवसँग कुराकानी पनि गर्नु थियो । उक्त कुराकानी एक विदेशी टेलिभिजनका लागि थियो ।

उनको निवास र कार्यालयबीचको दूरी कमै नै थियो । र भेटवार्ता पनि अनौपचारिक थियो । त्यसैले उनले त्यतिबेला महत्वपूर्ण मानिने सुरक्षा साधनको उपयोग गरिनन् । उनीसँग आर.के.धवन, कन्स्टेबल नारायण सिंह, सब–इन्सपेक्टर रामेश्वरदास तथा सहयोगी नाथूराम थिए ।

केही समयमै उनी अकबर रोड पुगिन् । जसको दुईटै तर्फमा झाडी उम्रिएको थियो । गेटमा उभिएका सब–इन्स्पेक्टर बेअन्त सिंहले उनलाई अभिवादन गरे र ढोका खोले ।

प्रधानमन्त्री गान्धी ढोकाबाट भित्र छिर्न मात्रै लागेकी थिइन् बेअन्तले आफ्नो पेस्तोल निकालेर एक मिटरभन्दा पनि कम दुरीबाट गोली बर्साउन थाले । ९ बजेर १६ मिनेट हुँदा इन्दिरा जमिनमा ढलिसकेकी थिइन् ।

त्यसपछि सुरक्षामा तैनाथ अर्का अङ्गरक्षक सतवन्त सिंह (जो सेनाबाट थिए)ले जमिनमा ढलिसकेकी इन्दिराको शरीरमा लगातार गोली बर्साउन थाले । पहिले नै जमिनमा ढलिसकेकी इन्दिरालाई सतवन्तले करिब २३ राउण्ड गोली प्रहार गरे ।

त्यसपछि दुवैजनाले हतियार जमिनमा फालेर त्यहाँ तैनाथ अन्य सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गर्दै भने, ‘हामीले जे गर्नु थियो गरिसक्यौं । अब तिमीहरुलाई जे गर्नु छ त्यो गर ।’

त्यसपछि केही सैनिक अधिकारीले स्थितिलाई नियन्त्रणमा लिँदै बेअन्त सिंह र सतवन्त सिंहलाई कुटपीट गर्दै गार्ड रुममा लगेर राखे । दुईवटै हत्यारा त्यहाँ करिब १० मिनेट रहेका थिए, इन्डो–तिब्बतीयन सीमा प्रहरीका दुई प्रहरीले गोली प्रहार गरेर बेअन्त सिंहलाई मारिदिए । ती दुई प्रहरी थिए, इन्सपेक्टर शर्मा र कन्स्टेबल दर्शन सिंह ।

दुवै हत्यारालाई गार्ड रुममा राख्ने तयारी भइरहँदा सतवन्तले प्रहरीको पेस्तोल खोस्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको ती दुई प्रहरीको भनाइ थियो ।

इन्दिरा गान्धीको हत्या भएको खबर सार्वजनिक भएसँगै धेरै ठाउँमा हिंसा भड्किएको थियो । हत्यारा दुवै जना शिख समुदायका भएकाले राजधानी दिल्लीलगायत धेरै ठाउँमा शिखमाथि आक्रमण हुन थाल्यो ।

इन्दिरा गान्धीको हत्या भएको समाचार सबैभन्दा पहिले बीबीसीले प्रसारण गरेको थियो । बीबीसी हिन्दी रेडियोमा पहिलोपटक ‘भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीमाथि सांघातिक आक्रमण’ भनेर खबर प्रसारण गरिएको थियो ।

गान्धीको हत्यामा संलग्न भएका भनिएका व्यक्तिलाई फासीको सजाय सुनाएको थियो ।

इन्दिरा गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन् । इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah