काठमाडौं - राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा 'इमानमै खाल्डो' शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।